News Portal

  • बाढीको कहर : हरिवन खोलामा बेपत्ता बृद्ध मृत फेला , लखनदेहीले लियो लोप्चनको ज्यान

    प्रेमनाथ पाैडेलकाठमाडौं, १९ असार
    २०८० पटक
    काठमाडौं, १९ असार

    आइतबार र सोमबार दुई दिन परेको अबिरल वर्षा संगै आएको बाढीले सर्लाहीमा दुई जनाको ज्यान गएको छ भने एक बेपता भएका छ्न ।
    ज्यान जानेमा हरिवन -३ डाबरीका ४५ वर्षिय धन बहादुर लोप्चन र हरिवन -९ का ७१ वर्षिय बृद्ध टेक बहादुर बिक रहेको सर्लाही प्रहरीले जनाएको छ ।

    त्यस्तै सोमबार नै कबिलाशीका ७० बर्षिय बलदेब महतो आफ्नो खेत हेर्न बरहथवा- १ गंगापुर गएका मंगलबार साझ सम्म पनि घर नफर्किए पछि लखन्देही खोलाले बगाएर बेपता पारेको हुन सक्ने आसंका गरिएको इलाका प्रहरी कार्यालय हरिपुरका प्रहरी निरीक्षक अबधकिशोर ओझाले बताए ।

    सोमबार लालबन्दी बजार गएका लोप्चन साथीहरु संगै घर फर्कने क्रममा साबिक नेत्रगन्ज -९ पलार बाट लखन्देही खोलाले बगाएको र उनको सब नेत्रगन्ज- ८ मा फेला पारिएको इलाका प्रहरी कार्यालय नवलपुरले जनाएको छ । त्यस्तै पानी परिरहेको अबस्थामा सोमबार घरबाट निस्केका टेक बाहादुर बिक लाई हरिवन खोला ले बिष्णु पुरबाट बगाएकोमा प्रहरीले मंगलबार हरिवन खोलाको पुल देखि १ किमि दक्षिण डुम्रीघारी मा तैरी रहेको अबस्थामा फेला पारेको इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक रामकाजी थापा ले बताए ।

    खोलाले बगाएर ज्यान गएका बिक र लोप्चन को सब पोस्ट्मार्टम पश्चात् आफन्त लाई जिम्मा लगाई सकिएको र कबिलाशीका हराई रहेका महतो को खोजी कार्य जारी राखिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एवम प्रहरी उपरीक्षक पोषराज पोखरेलले बताए । त्यस्तै वर्षा का कारण गोडैतामा डुवानमा परि ४ वटा फुसका घर पूर्णरुपमा नस्ट भै क्षति पुगेको प्रहरी उपरीक्षक पोखरेलले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...