News Portal

  • बिष्फोटक पदार्थ भित्रिदा हुम्लावासी खुशी

    राजन रावतहुम्ला, २० असार
    ८३२ पटक
    हुम्ला, २० असार

    बिष्फोटक पदार्थले पनि कहिलेकाही खुशी ल्याउदोरहेछ । जिल्लामा बिष्फोटक पदार्थ भित्रिएपछि हुम्लावासी खुशी भएका छन् ।

    सिमकोट हिल्सा सडक निर्माणका लागि आबश्यक बिष्फोटक पदार्थ सिमकोट आई पुग्दा हुम्लाबासीले खुसी ब्यक्त गरे । बिष्फोटक पदार्थकै अभाबमा चार सय मिटर चट्टानमा डेढ बर्ष देखि बाटो बनाउने कार्य रोकिदा गाडी चढ्ने सपना पुरा नहोला कि भनेर निरास भएका बेला बिष्फोटक पदार्थ आई पुगेपछि उनीहरु खुशी भएका हुन् ।

    बिहीबार सुुर्खेतबाट तीन हजार केजी विष्फोटक पदार्थ र दुुई बजार केजी अन्य आबश्यक सामान नेपाली सेनाको हेलिकोप्टरमा ढुवानी भएर आएका नयाँ भैरबी दल गुल्म रानीवनका क्याप्टेन काजी बोहोराले बताए । अब बिष्फोट पदार्थ जिल्लामा आएकोले सिमकोट हिल्साको रोकिएको कामले चाँडेै गति लिने उनको भनाइ छ ।

    निक्कै लामो प्रयास पछि जिल्लामा यतिधेरै बिष्फोटक पदार्थ भित्रिएको प्रमुख जिल्ला अधिकारी माधब प्रसाद ढुगानाले बताउछन । यो जिल्ला कै लागि खुसीको कुरा भएको उनले बताए । अब सिमकोट हिल्सा खण्डको च्याछरामा चट्टानको कारण रोकिएको निर्माण कार्य तत्काल सुुरु गराउन लाग्ने प्रजिअ ढुगानाले जानकारी गराए ।

    समयमा बिष्फोटक पदार्थ भएको भए आजसम्म हुम्लावासीको गाडी चढ्ने सफना पुरा भै सकेको हुन्थ्यो तर ढिलै भए पनि अब भने त्यो सपना पुरा हुने भएको छ । सिमकोट हिल्सा खण्डको ९५ किलो मिटरमा च्याछराको चार सय मिटर चट्टान र हेक्पा खोला च्याछराको तीन किलो मिटर सडक खन्न मात्र बाँकी रहेको छ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...