News Portal

  • विद्यालयमा अनिवार्यरुपमा सूचना प्रविधि विषयको अध्यापन गराउनुपर्छ : मन्त्री बाँस्कोटा

    नेपालवाल संवाददाताकाठमाडौं, २० असार
    ८६५ पटक
    काठमाडौं, २० असार

    सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले मध्यकालीन तथा दीर्घकालीन योजना र पूर्वाधारको एक साथ प्रयोग गरेर सूचना प्रविधिलाई सुलभ बनाउनुपर्ने बताएका छन् ।

    आज मन्त्रालयमा बसेको सूचना तथा सञ्चार प्रविधि नीति–२०७२ को निर्देशक समितिको बैठकलाई सम्बोधन गर्दै उनले माध्यमिक तहका विद्यालयमा अनिवार्यरुपमा सूचना प्रविधि विषयको अध्यापन गराउनुपर्ने र इन्टरनेटमा नो बोर्डर नीतिका लागि क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मञ्चमा पहल गर्नुपर्ने बताए ।

    मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले द्रुतगतिमा यस नीतिको कार्यान्वयनका लागि निर्देशक समितिको बैठक नियमित बस्नुपर्ने बताए ।

    बैठकमा समितिका सदस्यहरुले सूचना प्रविधि नीतिको कार्यान्वयन, सरकारी तथा निजी सूचना प्रविधिको प्रयोग र चुनौती, सूचना प्रविधि प्रवद्र्धनमा स्थानीय तहको भूमिका, प्रस्तावित सूचना प्रविधि ऐन, राष्ट्रिय इ–पेमेन्ट गेट्वे, इ–हेल्थ, टेलिमेडिसिन इन्टरनेटको पहुँच र गुणस्तर, डिजिटल हस्ताक्षरलगायतका विषयमा छलफल गर्नुका साथै महत्वपूर्ण सुझावहरु दिए ।

    बैठकले सूचना तथा सञ्चार प्रविधि नीति–२०७२ कार्यान्वयन कार्ययोजना बनाउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सूचना प्रविधि महाशाखाको नेतृत्वमा सम्बन्धित निकायका प्रतिनिधिसमेत रहने गरी एक समिति गठन गर्ने, सबै मन्त्रालयसँग दुई वर्षभित्र कुन कुन सार्वजनिक सेवालाई अनलाइन प्रणालीमा लैजान सकिन्छ सोको विवरण तयार गर्ने, सरकारी निकायहरुले प्रदान गर्ने इ–सेवालाई नेशनल पोर्टलमा आबद्ध गरी एकद्वार प्रणालीबाट प्रदान गर्न सम्बन्धित सबै निकायले कार्य अगाडि बढाउने, सबै मन्त्रालयले आइटी फोकल पर्सन व्यवस्था गर्ने निर्णय गरेको मन्त्रालयका प्रवक्ता सहसचिव रामचन्द्र ढकालले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...