News Portal

  • बहुपति प्रथा, छाउपडी, र जातिय भेदभाव हटेपछि बरगाँउ बन्यो नमूना गाँउ

    राजन रावतहुम्ला, २३ असार
    १९३६ पटक
    हुम्ला, २३ असार

    राजन रावत, हुम्ला । हुम्ला जिल्लाको सिमकोट गाँउपालिकाको वडा नम्बर तीनमा अवस्थित बरगाँउ नमूना गाँउ घोषित भएको छ । गाँउमा जनताले आधारभुत सुबिधा पाए पछि बरगाँउ गाँउ नमूना गाँउ घोषित भएको हो ।

    बरगाँउमा बहुपति प्रथा न्यूनिकरण, छाउपढी मुक्त र जातिय भेदभाब हटेपछि गाँउलाई नमूना गाँउ घोषित गरिएको सिमकोट गाँउपालिका वडा नम्बर तीनका अध्यक्ष ताक्ला जिग्मेत लामाले बताएका छन । घोषित कार्यक्रमलाई दिगोपना दिन अबसर र चुनौती दुबै रहेको उनको बुझाइ छ ।

    बरगाँउ हुम्ला जिल्ला कै नमूना गाँउ घोषित हुनेमा पहिलो गाँउ भएको छ । दलित र लामा साुदायको बसोबास रहेको बरगाँउमा लैगिंक बिभेद निक्कै कम भए पनि त्यसको समेत पछिल्लो समयमा अन्त्य भएको महिला संजालका अध्यक्ष इन्कित लामाले जानकारी गराएका छन । अब घोषित कार्यक्रमलाई इमान्दारीताका साथ कार्यान्वयन गर्नुपर्नेमा उनलेजोड दिए ।

    सबै नकारात्मक कामहरु छोड्दै गएकोले बरगाँउलाई नमूना गाँउ घोषणा गर्न संभब भएको सिमकोट गाँउपालिकाका अध्यक्ष पदम बहादुर लामाले बताए । नयाँ संरचना अनुसार देश अगाडी बढि रहेको अबस्थामा सिमकोट गााउपालिकालाई पनि नयाँ नयाँ काम गरेर अगाडी बढाउने उनले प्रतिबद्धता प्रकट गरे । कुरिती बिरुद्ध बिभिन्न साँस्कृतिक झाँकीहरु प्रस्तुती समेत गरिएको कार्यक्रममा त्यो संगै बरगाँउका घरघरमा खानेपानीका धारा निर्माण, पुर्ण खोप सुनिश्चित भएको, खुला दिसामुक्त गाँउ घोषित, बालमैत्री स्थानीय शासन युक्त जस्ता कुरा यस अघि नै घोषित भएकोले पनि बरगाँउलाई नमूना गाँउ घोषित गरिएको वडा सचिब धर्मराज रोकायाले जनाए ।

    कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख रावत, अदानचुलीका गाँउपालिकाका अध्यक्ष धनलाल चौलागाई, सिमकोट गाँउपालिकाका उपाध्यक्ष वलि रावत लगाएतको उपस्थिती रहेको थियो ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...