News Portal

  • सर्लाहीको सदरमुकाम मलंगवामा नेपाली काँग्रेस र राजपा कार्यकर्ताबीच झडप

    प्रेमनाथ पाैडेलसर्लाही, ७ साउन
    १८३९ पटक
    सर्लाही, ७ साउन

    सर्लाहीको सदरमुकाम मलंगवामा राजपा नेपाल र नेपाली काँग्रेसका कार्यकर्ताहरुबीच झडप भएको छ ।झडप हुँदा ४ जना घाइते भएका छन् भने ३ को अवस्था गम्भीर छ ।

    मलंगवा नगरपालिका-१२ गम्हरियामा रामजानकी मठको पर्खाल निर्माण कार्यमा अनियमितता भएको विषयलाई लिएर राजपा नेपाल र नेपाली काँग्रेसका कार्यकर्ताहरुबीच आइतवार झडप भएको हो ।

    झडपमा परेर वडा न -१२ का ४२ वर्षिय लालबाबु राय,२५ वर्षिय संजय राय,२८ वर्षिय योगेन्द्र राय गम्भीर घाइते भएका छन । उनीहरु तीनै जना राजपा नेपालका कार्यकर्ता हुन् । उनीहरुलाई थप उपचारका लागि काठमाडौं पठाइएको छ ।

    काँग्रेस कार्यकर्ता रविनन्दन राय यादव पनि घाइते भएकोमा उनको अवस्था सामान्य रहेको बताइएको छ ।

    मलंगवा-१२ गम्हरिया वडा कार्यालयको छेउमा रहेको रामजानकी मठमा गत आर्थिक वर्षको विनियोजित बजेटबाट निर्माण भइरहेको पर्खालमा वडा कार्यालयले २ नम्बरी इट्टाको प्रयोग गरिरहेकोले यस्तो नगर्न भन्दै निर्माणको काम रोक्न खोज्दा वडा अध्यक्ष स्वयंको नेतृत्वमा नेपाली काँग्रेसका कार्यकर्ताहरुले आफूहरुमाथि कुटपिट गरेको राजपा नेपालका कार्यकर्ता एव स्थानीयबासी विन्देश्वर यादवले बताए ।
    वडा अध्यक्षले भने पर्खाल निउ मात्र भएको भन्दै विवाद पर्खाल निर्माणको विषयलाई लिएर नभइ दुई राजनीतिक दलका कार्यकर्ताहरु बिच चल्दै आएको आपसी विवादका कारण भएको जिकिर गरे ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...