News Portal

  • पार्टी एकताका सुत्रधार मानिएका ने क पा प्रवक्ता प्रकाशले दिए पदबाट राजीनामा

    नेपालवाल संवाददाताकाठमाडौं, १६ साउन
    १५४९ पटक
    काठमाडौं, १६ साउन

    नेपाल कम्युनिस्ट पार्टी (ने क पा)का सचिवालय सदस्यसमेत रहेका पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले प्रवक्ता पदबाट राजीनामा दिएका छन् ।

    बैचारिक र सैद्धान्तिक एकता बिना नै पार्टी एकतामा हाम्फालेका एकताका एक सुत्रधार श्रेष्ठ नेतृत्वको अपमानका कारण राजीनामा दिन बाध्य बनेका हुन् । पार्टी र सरकारलाई अप्ठ्यारो पार्नेगरि काम गरेको र फेसबुकमा अभिव्यक्ति सार्वजनिक गरेको आरोप उनीमाथि लागेको छ ।

    अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले नै प्रवक्ताको काम गराइमा असन्तुष्टि प्रकट गर्दै मौखिक स्पस्टिकरण मागेपछि उनले राजीनामा दिएको बताइएको छ । पार्टीको सचिवालय बैठकमा प्रवक्ता श्रेष्ठले सरकार बिरुद्ध आन्दोलन गरिरहेको अवस्थामा डा गोविन्द केसीलाई भेटेर समर्थन जनाएको र पार्टीको निर्णय अगावै कानुन मन्त्रीलाइ कारवाही गर्नुपर्ने अभिव्यक्ति सार्वजनिक गरिएको लगायतका बिषयमा बिरोध भएपछि प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष ओलीले स्पस्टिकरण सोधेका थिए ।

    अर्का पार्टी अध्यक्ष प्रचण्डले समेत श्रेष्ठको पक्ष नलिएपछि अप्ठ्यारो मानेका उनले शनिवारको बैठकमा अध्यक्षद्वय प्रचण्ड र ओलीलाइ सम्बोधन गरेर राजीनामा बुझाएका हुन् । उनको राजीनामा स्वीकृत हुन भने बाँकी नै रहेको बताइएको छ ।

    प्रतिकृया दिनुहोस्

    सँझ्या: साहित्यमा शनिबार सुनिए ३ कवि र एक बोनस कविता

    सँझ्या: साहित्यको नियमित शृङ्खलामा शनिबार तीन कविहरूले आ-आफ्ना कविता सुनाएका छन् । भक्तपुरको नयाँ थिमिस्थित...

    तिथली नगरकोटी धिमेवाजा खल:लाई नेता राणाको आर्थिक सहयोग

    नेपाली कांग्रेसका युवा नेता रवि राणाले धिमेवाजा खल: समितिलाई आर्थिक सहयोग गरेका छन् । सूर्यविनायक-७...

    आजको राशिफल

    आज बि.सं.२०८१ भदौ २२ गते शनिबार ई.सं.२०२४ सेप्टेम्बर ०७ नेपाल सम्बत ११४४ ञंलाथ्व चतुर्थी कालयुक्त...

    पाकिस्तानी शहीदको काठमाडौंमा सम्झना

    पाकिस्तानको रक्षा तथा शहीद दिवसको अवसरमा काठमाडौंमा एक स्वागत समारोह सम्पन्न गरिएको छ । शुक्रबार...

    ख्वप अस्पतालले बीमा बोर्डसँग २० करोड बढी लिन बाँकी, सञ्चालनमा समस्या

    khopa hospital

    भक्तपुर नगरपालिकाको अस्पताल ख्वप: अस्पताल सञ्चालनमा समस्या उत्पन्न भएको छ । सरकारले स्वास्थ्य बीमाको रकम...