News Portal

  • सर्लाही ट्राफिकले उठायो दुई करोड

    प्रेमनाथ पाैडेलसर्लाही, १६ साउन
    ३८३१ पटक
    सर्लाही, १६ साउन

    जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीले आर्थिक वर्ष २०७४ /०७५ मा झण्डै दुई करोड राजस्व संकलन गरेको छ ।
    पूर्व पश्चिम लोकमार्गका साथै जिल्लाका अन्य हुलाकी मार्गहरुमा समेत नियम विपरीत चलाइएका साना ठुला २९ हजार ५ सय १ सवारी साधनलाई कार्वाही गरी ट्राफिक प्रहरीले एक बर्षको अबधीमा १ करोड ९३ लाख १५ हजार ५ सय राजस्व संकलन गरेको हो ।

    गत आर्थिक वर्ष २०७४/७५ को साउन देखि असार मसान्तमा सवै भन्दा धेरै मालवाहक ट्रक १० हजार ४ सय ३१ लाई कार्वाही गरिएको थियो । त्यस्तै मोटरसाईकल १० हजार २ सय १३, जीप ४ हजार ७ सय दुई, ट्याक्टर १ हजार ८ सय २६, वस १ हजार ८ सय ६ र अन्य ५ सय २३ नियम विपरीत चलाईएका सवारी साधानलाई कार्वाही गरिएको जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक राजकुमार राईले जानकारी दिए । उनका अनुसार आर्थिक वर्ष ०७३/७४ मा भन्दा ०७४/७५ मा सर्लाहीमा राजस्व संकलन ४६ लाख ३ हजार ५ सयले कमी हो ।

    ट्राफिक प्रहरीले चलाएको विभिन्न ट्राफिक नियम सम्बन्धी चेतनामूलक अभियान प्रभावकारी भएको, भार वहन क्षमतामा कमी आएको, सवारी चालकले निमयसंगत सवारी चलाउन थालेको कारण पहिले भन्दा अहिले कम सवारी साधन कार्वाहीमा परेको र त्यसले राजस्वमा समेत प्रभाव परेको प्रहरी निरीक्षक राईले बताए ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...