News Portal

  • सर्लाहीमा तस्करले ढाले सिसौ र मसला : थाँहा नै नभएको संवन्धित कार्यालयको जिकिर

    प्रेमनाथ पाैडेलसर्लाही, २२ साउन
    १८३१ पटक
    सर्लाही, २२ साउन

    सर्लाहीको घुर्कौली नजिक बागमती सिचाइ आयोजनाको नहरको डिलमा लगाईएको सिसौ तथा मसला जातको रुख अवैधानिक कटान गरी चोरी तस्करी भएको छ ।
    गढैया शाखा अन्तर्गत चारलीक नहरमा रहेको मसला जातको रुख कटान गरी तस्करी भएको स्थानीयले जानकारी दिएका छन् ।
    यस अघि पनि सिचाइ आयोजनाको नहरको रुख पटकपटक कटानको प्रयास भएपनि रोकिदै आएको थियोे तर यस पटक भने समवन्धित निकाय मौन रहेकोले कटानको काम भैरहेको स्थानीयको आरोप छ ।

    बागमती सिचाइ आयोजनाको नहरको रुख कटान भएको जानकारी केही दिन अघि मात्र आएकोले त्यसबारे अनुसन्धान भैइरहेको सर्लाहीका प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले बताइरहदा रुख कटानबारे आफूहरुलाई कुनै जानकारी नै नभएको जिल्ला वन कार्यालय तथा बागमती सिचाई आयोजनाले जिकिर गरेका छन् ।

    स्थानीय निकायमा अधिकार समेत प्रत्यायोजन भैसक्दा पनि जनप्रतिनिधिहरुले रुखको कटानी र चोरी तस्करी रोक्न नसक्नु दुखद भएको मानिसहरुको भनाइ रहेको छ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...