News Portal

  • सर्लाहीमा स्थानीय जनप्रतिनिधिको सकारात्मक कदम,आगलागी पीडित परिवारलाई तत्कालै राहत

    प्रेमनाथ पौडेलसर्लाही , २४ साउन
    १५४२ पटक
    सर्लाही , २४ साउन

    सर्लाहीको हरिवनमा बिद्युत सर्ट भई आगलागी हुँदा ७ लाख बरावरको धनमाल जलेर नष्ट भएको छ । हरिवन नगरलिका वडा नम्बर ११ मुस्लिम टोलका शेष सगिरको दुई तले काठको घरमा विद्युत सर्ट भई आगलागी हुँदा घरमा रहेको नगद ८० हजार सहित अन्नपात, लताकपडा सहित घर जलेर नष्ट भएको हो ।

    विहीबार विहान करीब ८ बजे लागेको आगो हरिवन नगरपालिकाको वारुण यन्त्र, प्रहरी र स्थानीयले करीब पौने घण्टा पछि नै नियन्त्रणमा लिएकाले अन्यत्र भने क्षति हुन पाएन । आगलागीबाट कुनै मानवीय क्षती भने भएको छैन । घरवास जलेर खरानी भए पछि शेख सहगीरको परिवार भने विचल्लीमा परेका छन् ।

    आगलागीबाट पिडित बनेका सहगीरको परिवारलाई वडा अध्यक्षद्धारा तत्काल राहत राहत प्रदान गरिएको छ । दुःखमा परेका नागरीकलाई सहयोग गरी बेला बेलामा चर्चा आई रहने हरिवन ११ का वडा अध्यक्ष शेख मेहवुव रेजाले विहान विद्युत सर्ट भई आगलागीबाट घरवास गुमाई विचल्लीमा परेका वडा नम्बर ११ का शेख सगिरको परिवारलाई नगद ११ हजार का साथै ५० किलोग्राम चालम प्रदान गरि सहयोग गरेका छन ।

    हरिवन नगर उपप्रमुख रेणुका पौडेल, प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकाल, सामाजिक अभियन्ता चुडामणि वाग्ले, दलित अगुवा नेता रामचन्द्र राम सहितको उपस्थितीमा पिडितको घरमै पुगी सगिरकी आमालाई राहत सामाग्री प्रदान गरेका हुन । तत्काल राहत पुर्याएपछि स्थानीयहरु समेत खुशी भएका र आगलागीबाट विचल्लीमा परेका सगिरको परिवारले राहत सामाग्री पाए पछि खुशि व्यक्त गर्दै वडा अध्यक्ष सहितको टोलीलाई धन्यवाद दिएका नगरपालिकाकी उपमेयर रेनुका पौडेलले नेपालवाल डट्कम लाई बताइन ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...