News Portal

  • आज नाग पंचमी : यसकारण गरिन्छ नागपूजा

    बाबुराम दाहालभक्तपुर, ३१ साउन
    ४९४१ पटक
    भक्तपुर, ३१ साउन

    प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन नागपूजा गर्ने परम्परा रही आएको छ । यस दिन अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कोकट र शङ्ख गरी आठ नागलाई चित्र बनाई पूजाआजा गरी घरको मूल ढोकामा टास्ने र पूजा गर्ने गरिन्छ । कपासको आकार बनाएर पनि नागपूजा गरिँन्छ ।

    इनार, धारा , कुवा, पानी पँधेरो आदी पानीका श्रोतमा नागको वास हुने विश्वासका साथ् यस अवसरमा उक्त स्थानमा पूजाअर्चना गरिन्छ ।
    नाग पूजा गर्नाले नाग देवताको कृपादृष्टि प्राप्त हुने र हरेक समस्या बाट मुक्ति मिल्ने धार्मिक विश्वास रहिआएको पाइन्छ ।

    यस्तो मान्यता छ कि ब्रह्राजीले पृथ्वीको भार उठाउने जिम्मा शेषनागलाई दिए त्यसैले पृथ्वी वासीले नाग पूजा गर्ने परम्परा चलेको हो । अर्को कहावत अनुसार श्रावण शुक्ल पंचमी तिथिमा समस्त नाग वंश ब्रह्राजी संग आफ्नो श्राप बाट मुक्ति माग्न गएका थिए र ब्रह्राजीले पनि नागलाइ श्राप मुक्त गरिदिए ।त्यसकै खुशीयालीमा नागपूजा गरिन्छ ।

    एक अर्को कथा अनुसार द्वापरमा भगवान कृष्णले यसैदिन कालिया नागको बध गरि उसलाई मुक्ति दिएको अवसरको सम्झना स्वरुप नागपूजा गरिन्छ । त्यस्तै समुन्द्र मन्थनको बेला बासुकी नागको नेती बनाइ प्रयोग गरिएकोले नागको पूजा गर्ने प्रचलन चलेको मान्नेहरु पनि छन् ।

    भगवान शिवले नागको माला लगाउने र भगवान विष्णु  शेष नागको शय्यामा फणको छाता ओढी शयन गर्ने भएकाले पनि नागलाई भगवानकोरुपमा पूजिएको पण्डितहरु बताउँछन् ।

    एक कथा अनुसार एक पटक एक गाउको किसानले हलो जोत्दा सर्पका बच्चाहरुलाई किचेर मारिदिए । बच्चाको वियोगमा आक्रोसित सापले राती उक्त किसान र उसका २ छोरालाई डसेर छोरीलाई डस्न आउदा छोरीले दुध पिलाएर बाबुको गल्ती माफ गरिदिन प्रार्थना गरिन् । उनको प्रार्थनाबाट खुशी भएर नागमाता सबैलाई जीवन दान दिएर पाताललोक फर्किन् । त्यसैले अन्जानमा भएको गल्तीको समेत दोष नलागोस् भनेर मानिसहरुले नागपूजा गर्न लागे ।

    प्रतिकृया दिनुहोस्

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...

    ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता

    नयाँ शैक्षिक सत्रको लागि विद्यालयमा भर्ना अभियान शुरु भएको छ । बैशाख २ गते बाट...

    भक्तपुरमा डलर देखाई ३ लाख ५० हजार ठगी फरारहरु प्रहरी फन्दामा

    भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा...

    बैशाख २४ मा सार्वजनिक बिदा र उत्सवबारे प्रदेश सरकारका प्रवक्ता श्रेष्ठको यस्तो खुलासा

    बागमती प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले प्रदेश सरकारले...