News Portal

  • पहिरोले भेरी नदी पुरिदाँ : हेर्नुस् भीडीयो

    जाजरकोट, ३१ साउन
    ११९२ पटक
    जाजरकोट, ३१ साउन

    २०७१ साल साउन १७ गते सिन्धुपाल्चाेककाे जुरेमा अाएकाे पहिराे जस्तै जाजरकाेटमा पनि ठूलाे पहिराे गएकाे छ । पहिराेले भेरी नदी पुरिदा ठूलाे धनमालकाे क्षति भएकाे छ । तर जुरेमा जस्ताे पहिराे धेरैबेर थुनिन नपाउँदा जुरे पहिराेकै जस्ताे क्षति भने भएन । पहिराेका कारण जाजरकोट–डोल्पा सडकमा समेत ठूलाे क्षति पुगेकाे छ ।

    डाेल्पाबाट अाउने भेरी नदीकाे जाजरकाेट र रुकुम राडीबजार नजिकै यस्ताे पहिराे गएकाे हाे । साे क्षेत्रकाे तल्लुबगर भन्ने ठाउँमा माथिको ठूलाे पहाड नै खसेर केहीबेर भेरी नदी थुनिएकाे हाे । पहिराेले भेरी थुनिएकाे नदीले साइडबाट बाटाे खाेज्दा त्यस क्षेत्रमा ठूलाे क्षति पुगेकाे छ । थुनिएकाे नदी केहीबेर राेकिएर अाफै खुलेकाे थियाे । साे क्रममा नदीले त्यस क्षेत्रमा तीनवटा घर र ६ वटा कटेज बगाएको छ । नदीले जाजरकाेटतर्फका तीन घर र रुकुमतर्फका ६ वटा कटेज बगाएकाे स्थानीयले बताएका छन् ।

    थुनिएकाे नदीले नलगाड–१२ का भवीन्द्रबहादुर बस्नेत, ककबहादुर बस्नेत र टीकाराम खत्रीको घर बगाएको छ । पहिराे दिउसाे गएका कारण मानिसहरु सबै बाहिर निस्कन पाएका थिए । साेही कारण मानवीय क्षति भने हुन पाएन । तर, मानिसहरुले घरभित्रका सामान भने निकाल्न नपाउँदै नदीले बगाएकाे छ । थुनिएकाे नदीले बाटाे खाेज्दै यताउता पसेपछि त्यस क्षेत्रमा ठूलाे खेत र जमिन कटान गरेकाे छ । कटानका कारण २३ वटा घर उच्च जाेखिममा परेका छन् ।

    पहिराेले जाजरकाेट डाेल्पा सडक खण्डमा खाेलिएका ६ वटा कटेज बगाएकाे छ । पहिराे गएकाे ठाउँ तल्लुबगरमा जाजरकोट–डोल्पा सडक निर्माणमा लागेकाे नेपाली सेनाको एक कार्यदलसहित एक सय ५० घर रहेका थिए । कटानले जाजरकोटको तल्लुबगर र रुकुमको गोतामकोट जोड्ने झोलुंगे पुलसमेत जोखिममा परेको छ । पुल छेउको सात मिटरजति जमिन कटान गरिसकेको छ । नदी बढ्दै गए अब १० मिटर मात्र टाढा रहेको पुलसमेत बगाउने खतरा रहेको स्थानीयवासी बताउँछन । त्यही पुल तरेर रुकुमकाे गाेतामकाेटबाट तल्लुबगरमै रहेकाे हिमालय मावि, भगवती बोर्डिङ र हिमालय प्राविमा विद्यार्थीहरु पढ्न अाउने गरेका थिए । पहिराेका कारण थुनिएकाे भेरी नदीले जमिन काट्दै गएर पुलमा समेत क्षति पुर्याएपछि उनीहरुकाे पठनपाठनमा पनि असर परेकाे छ । साथै रुकुमकाे गाेतामकाेटवासीहरु समेत साेही पुल तरेर वारी अाउने गर्दथे ।

    पहिराे र पहिराेपछि थुनिएकाे भेरी नदीले गरेकाे क्षतिका कारण त्यस क्षेत्रमा मानिसहरुकाे विचल्ली भएकाे छ । घरवास गुमाएका मानिसहरु अाअाफ्ना अाफन्तकाेमा वास बसिरहेका छन् ।

    यसरी गएको थियो पहिरो :हेर्नुस् भीडीयो नन्स्टप् खबरबाट

    https://www.facebook.com/nonstopkhabar/videos/281464969303291/

     

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...