News Portal

  • बलात्कारीलाई फाँसीको माग गर्दै कालो पेटीकोटमा प्रदर्शन

    नेपालवाल संवाददाता काठमाडौं, २ भदौ
    १२७० पटक
    काठमाडौं, २ भदौ

    बलात्कारीलाई फासी हुनुपर्ने मागसहित  शनिबार काठमाडौंको माइतीघर मण्डलामा अधिकारवादीहरुको एक समुहले कालो पेटीकोट लगाएर प्रदर्शन गरेको छ । देशमा बलात्कारको घटना बढिरहेको मा चिन्ता व्यक्त गर्दै उक्त समुहले बलात्कारीलाई फाँसी हुनुपर्ने मागसहित प्रदर्शन गरेको हो ।

    अर्धनग्न भएर कालो पेटीकोट लगाएका प्रदर्शनकारीका कारण प्रहरी परेशान बन्यो । प्रदर्शनकारीहरुलाई प्रहरीले तितरवितर पारेर केहीलाई पक्राऊसमेत गरेको छ ।

    पक्राउ पर्नेहरुमा शावित्री सुवेदी, रिया भण्डारी लगायत रहेका छन । उनीहरुलाई अनामनगरस्थित प्रहरी वृत्तमा हिरासतमा राखिएको बताइएको छ ।

    शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको प्रदर्शनकारीले आरोप लगाएका छन । प्रहरीले भने सार्वजनिकस्थलमा अर्धनग्न प्रदर्शन गरेकोले पक्राऊ गर्नुपरेको भन्दै आफ्नो कार्यको बचाउ गरेको छ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...