News Portal

  • सर्लाहीका यी १० स्थानीय तह पनि खुला दिसामुक्त बन्दै,कार्तिक १० सम्म शौचालय बनाउन समय

    प्रेमनाथ पाैडेलसर्लाही, ९ भदाै
    १७१८ पटक
    सर्लाही, ९ भदाै

    सर्लाहीका १० स्थानीय तहमा पनि अब खुला दिसा निषेध हुने भएको छ । जिल्लाको मलंगवा, कविलासी, हरिपुर्वा,ईश्वरपुर, लालबन्दी नगरपालिका र विष्णु, ब्रम्मपुरी, धनकौल , चक्रघटा, र चन्द्रनगर गाउँपालिका खुल्ला दिसामुक्त घोषणा हुन लागेका हुन् ।

    कार्तिक १० गते भित्र सर्लाही जिल्लालाई पूर्णरुपमा खुला दिसामुक्त घोषणा गर्ने तयारी भएसंगै यी १० स्थानीय तहमा पनि खुला दिसा निषेध हुने भएको हो । अन्य बाकी १० स्थानीय तहमा भने खुला दिसा मुक्त क्षेत्र घोषणा भैसकेको छ ।

    जिल्ला खानेपानी तथा सरसफाई समन्वय समितिको वैठकले कार्तिक १० गते भित्र खुला दिसामुक्त जिल्ला घोषणा गर्ने भएको हो । जिल्ला समन्वय समिति सर्लाहीका सभापति एवं जिल्ला खानेपानी तथा सरसफाई समन्वय समितिका अध्यक्ष मैथुर चौधरीको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलको प्रमुख आतिथ्यतामा जिल्ला समन्वय समितीको सभाहलमा भएको वैठकले उक्त निर्णय गरेको हो ।

    कार्यक्रममा युएन ह्याविटयाट्का केन्द्रिय कार्यालय काठमान्डौका विशेषज्ञ मदन मल्ल, २० वटै स्थानीय तहका प्रमुखहरु, सरसफाई क्षेत्रमा काम गर्ने संघसस्थाका प्रतिनिधीहरु लगायतको उपस्थिती रहेको जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यलयका प्रमुख इन्जिनियर जगरनाथ पुर्वेलाई उदृत गर्दै त्यहाँबाट पत्रकार अखिलेश वैठाले बताए ।

    प्रतिकृया दिनुहोस्

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...

    भक्तपुर शाखाका बराललाई पत्रकार महासंघ उपत्यकाको रजत अभिनन्दन

    नेपाल पत्रकार महासंघको उपत्यका प्रदेश समितिले प्रदेश परिषद सदस्यहरु मध्येबाट २५ वर्षभन्दा बढी समयदेखि पत्रकारिता...

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...