News Portal

  • मुख्यमन्त्री गुरुङ भन्छन् यौन धन्दा लुकिछिपी होइन, खुलमखुला हुनुपर्छ

    पोखरा, २६ भदाै
    ८५५ पटक
    पोखरा, २६ भदाै

    गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ् याैन ब्यवसायप्रति उदार देखिएका छन् । प्रदेश भित्र अवैध यौन धन्दा भैरहेको जिकिर गर्दै उनले यसलाइ बैधता दिन आवश्यक रहेको बताए ।

    होटल संघ नेपाल र पश्चिमाञ्चल होटल संघद्वारा  मंगलबार पोखरामा आयोजित गण्डकी प्रदेशको पर्यटन रणनीति विषयक अन्तक्रिया कार्यक्रममा बोल्दै उनले भने,” समाजमा लुकिछिपी भएको यौन कार्यले फाइदा गर्दैन यसलाइ व्यवस्थित बनाउन आवश्यक छ ।”

    रेडलाइट एरिया र यौनकर्मीलाई परिचय पत्र दिनुपर्नेमा उनले जोड दिए ।  ”रेडलाईट एरिया बनाउनु राम्रो हुन्छ तत्काल यो संभन नभए यौनधन्दामा लागेकालाई परिचय पत्र दिने व्यवस्था गर्नुपर्छ ।” उनले भने ।

    परिचय पत्र पाएपछि प्रहरी प्रशासनले हस्तक्षेप गर्न नपाउने हुदाँ लुकिछिपी यौन धन्दा गर्नुपर्ने अवस्थाको अन्त्य हुने र यसले पर्यटन प्रवर्दनमा मात्र नभइ याैन अपराधका घटना न्यूनिकरणमा समेत सहयोग पुग्ने मुख्यमन्त्री गुरुङ्ले जिकिर गरे ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...