News Portal

  • प्रजिअ पौडेलको अथक प्रयासपछि खुल्यो चीन छुने सडक

    नेपालवाल संवाददातारसुवा, २८ भदाै
    २२७२ पटक
    रसुवा, २८ भदाै

    केहि दिनदेखि अवरुद्ध पासाङल्हामु लोकमार्ग आजबाट सुचारु भएको छ ।  अवरुद्ध धुञ्चे–स्याफ्रु खोपाङ भिरको मार्ग आजबाट संचालनमा आएको हो ।

    पहिरोका कारण करीब १ सय मिटर राजमार्ग सतहमा बसेको ठूलाठूला ढुङ्गा पन्छाइएपछि आजदेखि नेपाल–चीनबीचको अन्तर्राष्ट्रिय हाइवे सञ्चालन गरिएको डिभिजन सडक कार्यालयका इञ्जिनियर सरोज कडरियाले जानकारी गराए ।

    रसुवाका प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलको अथक प्रयासपछि पहिरो पन्छाउन सफल भएको डिभिजन सडक कार्यालयले जनाएको छ । कार्यालयका दुई वटा लोडर तथा डोजरले पहिरो पन्छाउन नसकेपछि प्रजिअ पौडेलले रसुवाबाट प्रतिनिधित्व गर्ने सांसद् र अन्य सहयोगीबाट सहयोग जुटाउन सफल भएका थिए ।

    सांसद् मोहन आचार्य र पूर्वसांसद् जनार्दन ढकाल लगायतले सडक खुलाउन सहयोग गरेबापत प्रजिअ पौडेलले धन्यबाद समेत ब्यक्त गरेका छन् ।

    गत साउन ९ गतेदेखि सडक सुचारु हुन नसक्दा अर्बौ बढी राजश्व नोक्सान भएको थियो । आज सडक सुचारु भएसंगै २ सय भन्दाबढी सवारी साधन आफ्नो गन्तव्यतर्फ लागेका छन् ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...