News Portal

  • ‘दोेषी पत्ता नलाग्दा सबैभन्दा दु:खी म छु ’– गृहमन्त्री बादल

    नेपालवाल संवाददाताकाठमाडौँ, २९ भदौ
    ८९१ पटक
    काठमाडौँ, २९ भदौ

    गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले कञ्चनपुरकी निर्मला पन्तको हत्यारा पहिचान हुन नसक्दा सबैभन्दा बढी दु:खी आफू भएको दावी  गरेका छन् ।

    निर्मलाका आमा र बुवासहितको प्रतिनिधिमण्डलालाई शुक्रबार गृह मन्त्रालयमा भेट्दै गृहमन्त्री थापाले भने,” जत्ति पीडा तपाईहरुलाई छ । त्यो पीडा मलाई पनि छ । जति पीडा गृहलाई हुन्छ, त्यति अरुलाई नहुने रहेछ ।”

    निर्मलाको हत्याराको नजिक अनुसन्धान पुगिसकेको जिकिर गर्दै उनले दोषीलाई कठघरामा ल्याई छाड्ने प्रतिवद्धता समेत प्रकट गरे ।

    गृहमन्त्री थापाले भने, ‘ कञ्चनपुर घटनामा हामीले सुरुदेखि नै ध्यान दिएका हौ । घटना लगत्तै स्थानिय प्रहरीलाई अनुसन्धान गर्न निर्देशन दियौ, त्यसपछि केन्द्रबाट सिआईबी टोली पठायौं, त्यसले पनि नभएपछि उच्चस्तरीय छानविन समिति गठन गरीएकोछ । समिति बाहेक पनि छुट्टै ढंगले थप अनुसन्धान भईरहेको छ । ’

    सो घटनामा जिम्मेवार निकाय तथा व्यक्तिबाट भएका लापरवाहीलाई छुट नदिईने पनि गृहमन्त्रीले स्पष्ट पारे ।

    दोषी छिटो पत्ता नलाग्दा परिवारलाई चिन्ता हुनु स्वभाविक भएको भन्दै गृहमन्त्री थापाले दोषी पत्ता लगाउन कुनै कसर बाँकी नराखिएको बिस्वास दिलाउन प्रयास गरे ।

    स्वर्गिय निर्मलाका आमा, बुवाले घटना भएको लामो समय बित्दा समेत दोषी पत्ता नलागेको, प्रहरीबाट बिगतमा राम्रो साथ नपाएको गुनासो गर्दै छिटो भन्दा छिटो अपराधी पत्ता लगाउन गृहमन्त्रीलाई आग्रह गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...