News Portal

  • सर्लाहीमा शनिवार साँझ सवारी दुर्घटना हुँदा दुईको ज्यान गयो

    प्रेमनाथ पाैडेलसर्लाही, ३० भदाै
    २६७० पटक
    सर्लाही, ३० भदाै

    सर्लाही जिल्लाको हाइवेदेखि दक्षिणतर्फ भित्री सडक अन्तर्गत चन्द्रनगरमा बस दुर्घटना भएको छ । शनिवार साँझ भएको दुर्घटनामा परि दुईको ज्यान गएको छ भने १८ जना घाईते भएका छन् ।

    मलंगवाबाट इश्वरपुर बयलबास तर्फ जाँदै गरेको ना २ ख ८००३ नम्बरको यात्रु बाहक बस अनियन्त्रित भै सडकबाट तल खसी दुर्घटना हुँदा दुई जना को ज्यान गएको हो भने १८ जना घाईते भएका हुन् ।

    जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरले जनाए अनुसार ज्यान जानेमा ईश्वरपुर नगरपालिका ९ का २६ वर्षिय नथुनी राय यादब र सोही ठाउँकी १९ वर्षिया अन्जु साह छन् । उनीहरु दुवैको शव पोस्ट्मार्टमको लागि जिल्ला अस्पताल मलंगवा पठाइएको प्रहरीले बताएको छ ।

    बस दुर्घटनामा परि घाइते भएका १८ जनाको जिल्ला अस्पताल मलगंवामा उपचार भएपछि घर फर्किएका प्रहरीले जनाएको छ ।  बस प्रहरीको नियन्त्रण रहेको भएपनि चालक भने फरार रहेका छन् ।

    चालकको खोजी कार्य भैरहेको र घटनाको पनि थप अनुसन्धान जारी रहेको सर्लाही प्रहरीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...