News Portal

  • आज विश्वकर्मा पूजा

    नेपालवाल संवाददाताकाठमाडौँ,१ असोज
    २३६८ पटक
    काठमाडौँ,१ असोज

    मेसिन र औजारको प्रयोग गर्नेहरुले आज धुमधामकासाथ् विश्वकर्मा पूजा गरिरहेका छन । मेसिन चलाउने कलकारखाना तथा औजार प्रयोग गर्ने कालिगढ़हरुले विश्वकर्माको पूजा अर्चना गरिरहेका छन् ।

    यस दिनलाई मजदुरहरुको दिन पनि मानिन्छ । मालिकहरु पनि मजदुरसंग मिलेर हार्दिकतापूर्वक पूजामा लिन भएको देख्न सकिन्छ ।

    विश्वकर्मा बाबाको तस्बिर वा मूर्ति स्थापना गरेर पूजा अर्चना भैरहेको छ । अक्षता, फूल, चंदन, धूप, अगरबत्ती, दही, रोली, सुपारी,रक्षा सूत्र, मिठाई, फल आदि अर्पण गरिएको छ ।  यस बर्ष पूजा समय बिहान १० देखि १२:३० सम्मलाई उत्तम मानिएको छ ।

    यस दिन विश्वकर्माका भक्तहरु निराहार व्रत बस्ने गर्दछन् तथा पूजा सकिएपछि मात्र प्रसाद ग्रहण गर्ने र रातभर जाग्राम गर्ने गरिन्छ । पूजा सकेर भोलिपल्ट मात्र विश्वकर्मा यात्रा गर्ने गराउने चलन छ ।

    यस दिन काभ्रेको खोपासीस्थित कमीडाँडामा ठूलो मेला लाग्ने गर्दछ ।  विश्वकर्मा लाई सृजना र निर्माणका देवता मानिन्छ । त्रेता युगमा सुनको लंका उनैले बनाएको जनविश्वास रहिआएको छ ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...

    भक्तपुर शाखाका बराललाई पत्रकार महासंघ उपत्यकाको रजत अभिनन्दन

    नेपाल पत्रकार महासंघको उपत्यका प्रदेश समितिले प्रदेश परिषद सदस्यहरु मध्येबाट २५ वर्षभन्दा बढी समयदेखि पत्रकारिता...

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...