News Portal

  • सरकारका उपप्रधानमन्त्री र मन्त्रीहरु नै मनाउदैनन् संविधान दिवस

    नेपालवाल संवाददाताराजबिराज, ३ असोज
    ८०५ पटक
    राजबिराज, ३ असोज

    संघीय समाजवादी फोरम नेपालले यस पटक पनि संविधान दिवस नमनाउने भएको छ । यस अघि आजको दिनलाई कालो दिनको रुपमा मनाउदै आएको फोरमले यसपटक भने कालो दिवस पनि नमनाउने भएको छ ।

    संघीय समाजवादी फोरम नेपालका अध्यक्षसमेत रहेका उपप्रधान एवं स्वास्थ्यमन्त्री यादवले आफ्ना पार्टीले संविधान दिवसको दिवस वा, कालो दिवस कुनै पनि नमनाउने खुलासा गरे ।

    मंगलबार राजविराजमा आयोजित पत्रकार सम्मेलनमा उपप्रम यादवले सो कुरा बताएका हुन् । उनले संविधान दिवसलाई कालो दिवसका रुपमा नमनाउने बताए ।

    अध्यक्षसमेत रहेका उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवले आफूहरुले संविधानको रक्षा गर्ने शपथ लिएकोले कालो दिवस नमनाउने बताएका हुन् ।

    यही संविधानअन्तर्गत निर्वाचनहरुमा भाग लिएकोले संविधानको विरोधमा कालो दिवस मनाउन नैतिक आधार नभएको उनको जिकिर छ । मधेसबादी दल राजपाले भने आजको दिनलाई कालो दिवसको रुपमा मनाउने कार्यक्रमलाई निरन्तरता दिएको छ ।

     

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...