News Portal

  • नापी कार्यालय हरिवनका अमीन् घुस लिँदालिँदै रंगेहात पक्राउ

    प्रेमनाथ पाैडेलसर्लाही, १० असोज
    ३९३६ पटक
    सर्लाही, १० असोज

    नापी कार्यालय हरिवनका अमीन् किशुन देब मण्डललाई अख्तियारको टोलीले नगद सहित रंगेहात पक्राउ गरेको छ । बर्दिबासबाट आएको अख्तियार दुररुपयोग अनुसन्धान आयोगको टोलीले नापी कार्यालयका अमीन मण्डललाई उनकै कार्यकक्षबाट नियन्त्रणमा लिएको हो ।

    सेवाग्रहीबाट काम गरिदिए बापतको ९ हजार रुपैया घुस लिँदालिँदै मण्डललाई रंगेहात पक्राउ गरेको अख्तियारले जनाएको छ । सर्लाही हरिपुर ८ का सत्यनारायण महतो र उनका भाइ शिवनारायण महतो दाजुभाईको जग्गा अंशबंण्डाको कित्ताकाट मिलाई दिन्छु भन्दै १५ दिन अघि देखि १५ हजार रकम माग गरेको र त्यसमा म मिलाई दिन्छु भन्दै कार्यालयमा लेखापढी गर्ने लेखन्दास  बिचौलिया राम बहादुर महतोले १० हजार लिएका थिए ।

    बिचौलिया राम बहादुर महतोले सोमबार  मण्डललाई कार्यकक्षमा पुगेर ९ हजार घुस दिँदादिँदै अख्तियारले  छापा मारी लेखन्दासले दिएको नगद ९ हजार घुस रकम सहित अमिन मण्डललाई उनकै कार्यकक्षबाट पक्राउ गरेको हो । पक्राउ परेका मण्डललाई आइतबार नै अख्तियारको टोलीले अनुसंधानको लागि बर्दिबास लगेको छ ।

    उता, मण्डलले भने आफूलाई सुनियोचित तरिकाबाट फसाईएको जिकिर गरेका छन् । उनले ब्यक्तिगत रिसीइबी साध्ने काम भएको जिकिर गरे ।

    सर्लाहीका सरकारी कार्यालयहरुमा अख्तियारले पटक पटक विभिन्न कार्यालयबाट विभिन्न समयमा विभिन्न कर्मचारी पक्राउ गरिरहेको भएपनि भ्रष्टाचार रोकिन भने सकेको छैन ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...