नापी कार्यालय हरिवनका अमीन् किशुन देब मण्डललाई अख्तियारको टोलीले नगद सहित रंगेहात पक्राउ गरेको छ । बर्दिबासबाट आएको अख्तियार दुररुपयोग अनुसन्धान आयोगको टोलीले नापी कार्यालयका अमीन मण्डललाई उनकै कार्यकक्षबाट नियन्त्रणमा लिएको हो ।
सेवाग्रहीबाट काम गरिदिए बापतको ९ हजार रुपैया घुस लिँदालिँदै मण्डललाई रंगेहात पक्राउ गरेको अख्तियारले जनाएको छ । सर्लाही हरिपुर ८ का सत्यनारायण महतो र उनका भाइ शिवनारायण महतो दाजुभाईको जग्गा अंशबंण्डाको कित्ताकाट मिलाई दिन्छु भन्दै १५ दिन अघि देखि १५ हजार रकम माग गरेको र त्यसमा म मिलाई दिन्छु भन्दै कार्यालयमा लेखापढी गर्ने लेखन्दास बिचौलिया राम बहादुर महतोले १० हजार लिएका थिए ।
बिचौलिया राम बहादुर महतोले सोमबार मण्डललाई कार्यकक्षमा पुगेर ९ हजार घुस दिँदादिँदै अख्तियारले छापा मारी लेखन्दासले दिएको नगद ९ हजार घुस रकम सहित अमिन मण्डललाई उनकै कार्यकक्षबाट पक्राउ गरेको हो । पक्राउ परेका मण्डललाई आइतबार नै अख्तियारको टोलीले अनुसंधानको लागि बर्दिबास लगेको छ ।
उता, मण्डलले भने आफूलाई सुनियोचित तरिकाबाट फसाईएको जिकिर गरेका छन् । उनले ब्यक्तिगत रिसीइबी साध्ने काम भएको जिकिर गरे ।
सर्लाहीका सरकारी कार्यालयहरुमा अख्तियारले पटक पटक विभिन्न कार्यालयबाट विभिन्न समयमा विभिन्न कर्मचारी पक्राउ गरिरहेको भएपनि भ्रष्टाचार रोकिन भने सकेको छैन ।