News Portal

  • अप्ठ्यारोमा नेबि संघका अंकलहरू

    काठमाडौं, २२ असोज
    ७७० पटक
    काठमाडौं, २२ असोज

    नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघमा उमेरहद तोकिएको छ । नेपाली कांग्रेस केन्द्रीय समितिको बैठकले नेविसंघमा लामो समयदेखि देखिएको विवाद हल गर्न उमेरहद तोक्ने प्रस्तावलाई पौडेल, सिटौला, प्रकाशमान र अर्जुन नर सिंहको नोट अफ डिसेन्टका बीच बहुमतले अनुमोदन गरेको हो ।
    समितिका संयोजक समेत रहेका नेता प्रकाशशरण महतले यो प्रस्ताव केन्द्रीय समितिमा पेस गरेका थिए । तर नेता रामचन्द्र पौडेल निकट नेताहरुले यसको तीव्र विरोध गरेपछि राति अबेरसम्म बैठक लम्बिएको थियो । बैठकले १२ औं महाधिवेशन नै उमेरहद लगाएरै गर्ने निर्णय गरेको कांग्रेस नेता रमेश लेखकले जानकारी दिए ।
    उनका अनुसार अब नेविसंघमा ३२ वर्षभन्दा बढि उमेरका व्यक्ति नेता हुन पाउने छैनन ।

    बैठकमा सभापति शेरबहादुर देउवा पक्षले एकलौटी गरेको भन्दै रामचन्द्र पौडेल, कृष्ण सिटौला, प्रकाशमान सिंह, अर्जुननरसिंह केसीलगायतका नेताहरुले ‘नोट अफ डिसेन्ट’ लेखेका छन् ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...