News Portal

  • केन्द्रको शिक्षा नीति नलाद्न मुख्यमन्त्रीको सुझाव

    नेपालवाल संवाददाताजनकपुर, १२ मंसिर
    ९५८ पटक
    जनकपुर, १२ मंसिर

    प्रदेश नम्बर २ का मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले शिक्षा नीति बनाउने अधिकार प्रदेश सरकारलाई हुनु पर्ने बताएका छन् । उनले प्रदेशको शिक्षा नीति प्रदेशले नै बनाउन पाउनुपर्ने बताएका हुन् ।

    सुझाव संकलन गर्न बुधवार जनकपुर पुगेको उच्च स्तरीय राष्ट्रिय शिक्षा आयोगसामु उनले यस्तो धारणा राखेका हुन् । आयोगले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले भने, ”प्रदेश भित्रको शिक्षामा एकरुपता ल्याउन समेत प्रदेशको शिक्षा नीति प्रदेशले बनाउन पाउनुपर्छ ।”

    केन्द्रिय तहबाट भएको विभेदको कारण मधेशको शिक्षा स्तर खस्किएको जिकिर गर्दै उनले संविधानले दिएको अधिकार बाट बन्चित गर्दै केन्द्रिय शिक्षा नीति नलाद्न समेत सुझाव दिए ।

    आयोगका सदस्य डा. विद्यानाथ कोइरालाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा मुख्यमन्त्री राउतले भने, ” यस्तो शिक्षा नीति बनाउनुस कि प्रदेशले सजिलै स्वीकार गरोस ।”

    उक्त कार्यक्रममा सामाजिक विकासमन्त्री नवलकिशोर साह, राज्यमन्त्री अभिराम शर्मा, प्रदेश सभा सदस्य परमेश्वर साह, जनकपुर उपमहानगरपालिकाकी उपप्रमुख रिता झा लयायत रहेका थिए ।

    प्रतिकृया दिनुहोस्

    झ्याल हाल्ने क्रममा लडेर मध्यपुरमा एक मजदुरको निधन

    भक्तपुरको मध्यपुर थिमिमा निर्माणाधीन घरमा झ्याल हाल्ने क्रममा लडेर एक मजदुरको ज्यान गएको छ ।...

    सञ्चार जगत सत्ताको प्रतिपक्षी नै हुनुपर्छ भन्ने मान्यता सही होइन : मन्त्री शर्मा

    सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारको बिरोध गर्ने नाउँमा व्यवस्थाकै बिरोध भैरहेको बताएकी...

    भक्तपुरमा मजदुर दिवसकै दिन गयो दुई मजदुरको ज्यान

    भक्तपुरमा विश्व मजदुर दिवसकै दिन दुई मजदुरको ज्यान गएको छ । इनार खन्ने क्रममा दुई...

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...