News Portal

  • यस वर्षको एसइई परीक्षा चैत्र १० देखि : यस्तो छ परीक्षा तालिका

    नेपालवाल संवाददाताभक्तपुर, १३ मंसिर
    १३९१ पटक
    भक्तपुर, १३ मंसिर

    यस वर्षको एसइई परीक्षाको मिति तय गरिएको छ । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको एसइई परीक्षाको मिति तय गरेको हो ।

    बोर्डका परीक्षा नियन्त्रक कृष्ण शर्माका अनुसार एसइई परीक्षा आगामी चैत्र १० गते आइतबारबाट शुरु हुने छ । बिहान ८ बजेदेखि ११ बजेसम्म चल्ने परीक्षाको पहिलो दिन अनिवार्य अङ्ग्रेजीको परीक्षा हुने बताइएको छ ।

    चैत्र १० गते अनिवार्य अङ्ग्रेजी, ११गते अनिवार्य नेपाली, १२ गते बिदा, १३ गते अनिवार्य गणित, १४ गते अनिवार्य विज्ञान र वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत, व्याकरण र अनुवाद, १५ गते अनिवार्य सामाजिक अध्ययन र प्राविधिक धारको विषय, १६ गते अनिवार्य स्वास्थ्य, जनसङ्ख्या तथा वातावरण शिक्षा, संस्कृततर्फ अनिवार्य संस्कृत भाषा र प्राविधिक धारतर्फका विषय त्यस्तै १७ गते साधारण तथा संस्कृततर्फका ऐच्छिक प्रथमपत्रका सबै विषय, वेद तथा नीतिशास्त्र र प्राविधिकतर्फको ऐच्छिक गणित, १८ गते साधारण तथा संस्कृततर्फका ऐच्छिक द्वितीयपत्रका सबै विषयको परीक्षा हुनेछ भने १९, २० र २१ गते प्राविधिकतर्फका बाँकी विषयको परीक्षा सञ्चालन गरिने परीक्षा तालिका प्राप्त भएको छ।

    हेर्नुस् तालिका

     

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...