स्वतन्त्र मधेशकाे माग गर्ने डा. सीके राउत कारागार चलान भएका छन् । राउतलाई रौतहट जिल्ला अदालत गौरले पुर्पक्षका लागि कारागार चलान गरेको हो ।
जिल्ला न्यायाधीश अम्बिका प्रसाद निरौलाको एकल इजलासले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएपछि राउतलाई कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय गौरले जनाएको छ ।
राज्य विरुद्धको संगठित अपराध मुद्दाको अभियोगमा उनी पक्राउ परेका थिए । राज्य विरुद्धको संगठित अपराध मुद्दामा तारीख लिन आउँदा रौतहट प्रहरीले दुई महिना अघि राउतलाई पक्राउ गरेको थियो ।