News Portal

  • सर्लाहीको जंगलमा एक व्यक्ति दिनदहाडै फिल्मी शैलीमा लुटिए

    प्रेमनाथ पाैडेलसर्लाही, २१ मंसिर
    २४०० पटक
    सर्लाही, २१ मंसिर

    सर्लाहीको जंगलमा एक व्यक्ति दिनदहाडै लुटिएका छन । बैंकबाट दश लाख नगद लिएर निस्किएका सहकारी संस्थाका अध्यक्ष दिनदहाडै फिल्मी शैलीमा लुटिएका हुन् ।

    ईश्वरपुर-१३, श्रीनगरमा रहेको महारानी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष धनेश्वर महतोको साथबाट नगद लुटिएको हो । समुहमा रहेका लुटेराहरुले सर्लाहीको बाँके जङ्गलमा उनलाई पेस्तोल देखाएर दश लाख लुटेका हुन् ।

    हिजो दिउँसो करीव साढे १ बजेतिर नेपाल इन्भेष्टमेन्ट बैङ्क लालबन्दीबाट पैसा लिएर श्रीनगरस्थित सहकारी तर्फ जादै गर्दा राजमार्गबाट दक्षिण तर्फ करीव २ किमिको दुरीमा पुगेपछि २ मोटरसाइकल चढेर आएका ४ जना लुटेराको समुहले उनलाई हातपात गरि पेस्तोल देखाएर पैसाको ब्याग बोकी फरार भएको पिडित महतोले प्रहरीलाई जानकारी गराएका छन ।

    लुटपाटको खबर पाए लगत्तै ब्यापक प्रहरी परिचालन गरिएको भएपनि लुटेराहरु पत्ता लाग्न सकेका छैनन् । सर्लाहीका प्रहरी प्रमुख एसपी पोषराज पोखरेल आफै घटनास्थल पुगि अनुसन्धान तिब्र गरेको प्रहरीले जानकारी दिएको छ । केहि बर्ष अघि लुटेराहरुको बिगबिगी भएको यो क्षेत्रमा पछिल्लो बर्षमा केहि राहत महसुस भए पनि यो लुटपाटको घटनासंगै मानिसहरु फेरि त्रसित बनेका छन ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...