News Portal

  • भक्तपुरमा शिक्षक पेशागत सहयोग तालिम सम्पन्न

    नेपालवाल संवाददाताभक्तपुर, २६ मंसिर
    ११६४ पटक
    भक्तपुर, २६ मंसिर

    भक्तपुरमा शिक्षक पेशागत सहयोग तालिम सम्पन्न भएको छ । जिल्लास्थित २ दर्जन विद्यालयका प्रतिनिधिहरुलाई प्रदान गरिएको ५ दिने शिक्षक पेशागत सहयोग तालिम मंगलवार सम्पन्न भएको हो ।

    जिल्ला विकाश तथा समन्वय इकाई भक्तपुरको सभाहलमा संचालित उक्त ५ दिने तालिमको मंगलवार इकाई प्रमुख हरि दाहालले समापन गरेका हुन् । प्रारम्भिक कक्षा पढाइ कार्यक्रम बिषयक उक्त शिक्षक पेशागत सहयोग तालिममा २४ शिक्षकको उत्साहप्रद सहभागीता रहेको थियो ।

    तालिम समापन कार्यक्रममा बोल्दै इकाई प्रमुख दाहालले तालिमबाट सिकेका कुराहरु कक्षा कोठामा लागू हुनुपर्नेमा जोड दिए ।’ तालिम केवल प्रमाणपत्रको लागि हुनुहुदैन, यसको प्रयोग सिकाइस्तर सुधार्न हुनुपर्दछ ।” उनले भने ।

    तालिमप्राप्त शिक्षकहरुले तालिम आफ्नो पेशागत बिकाशमा सहयोगी भएको बताए । शिक्षकहरुको तर्फबाट बोल्दै ज्ञान विजय विद्यालयका शिक्षक सुरेश न्यौपानेले इजीआरपी तालिमबाट आफूहरुले धेरै कुरा सिकेको र यस्ता तालिमहरुले शिक्षकहरूमा ताजगी ल्याउने भन्दै निरन्तर तालिमको अवसर हुनुपर्ने धारणा व्यक्त गरे ।

    शिक्षा तालिम केन्द्र, धुलिखेलको आयोजनामा संचालित कार्यक्रममा चन्द्रप्रसाद लुइँटेल, बिमल निरौला, यमुना मेडम, लक्ष्मी पाण्डे लगायतले तालिम दिएको तालिम केन्द्रका प्रतिनिधि राजकुमार बिष्टले बताए ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...