News Portal

  • सरकारले गर्यो किसानको ऋण मिनाहा

    काठमाडौँ, २७ मंसिर
    ८३० पटक
    काठमाडौँ, २७ मंसिर

    सरकारले साना किसानहरुको ऋण मिनाहा गर्ने निर्णय गरेको छ । सोमबारको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको हो ।

    सरकारले कृषि विकास बैंकबाट ऋण लिएका किसानको सवा २९ करोडभन्दा बढी ऋण मिनाहाको घोषणा गरको सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले जानकारी दिएका हुन्।

    मन्त्री बाँस्कोटाले तत्कालीन साना कृषि सहकारीबाट ऋण लिएका किसानको ऋण मिनाहा गर्नेगरी मन्त्रिपरिषद्बाट निर्णय भएको बताए ।

    सावाँ र व्याजसहित अहिले एक अर्ब रुपैयाँभन्दा बढी पुगेको उक्त रकम सरकारले तिरिदिने भएको हो । यस निर्णयले धितो बन्धक भएका किसानको धितो फुकुवा हुने भएको छ । यसबाट ६ सयदेखि ७ सय परिवार लाभान्वित हुने मन्त्री बाँस्कोटाले बताए।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...