News Portal

  • दुई प्रहरी चौकीका प्रहरीले एकसाथ खाए कुटाइ : तस्करले लुटेर लगे हतियार

    नेपालवाल संवाददातावीरगञ्ज, ३ पुस
    ६५० पटक
    वीरगञ्ज, ३ पुस

    प्रहरीले चोर कुटेको त् तपाईले देख्नु भएकै होला तर पर्सामा भने चोरले नै प्रहरी कुटेर फरार भएका छन । पेट्रोलियम पदार्थको तस्करी रोक्न गएका प्रहरीहरुलाई तस्करहरुले कुटपिट मात्र गरेनन बल्कि हतियारसमेत खोसेर फरार भएका छन ।

    पाङ्डेपुरका प्रहरीलाई तस्करले कुटपिट गरी हतियार लिएर फरार भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । तस्करहरुको खोजीकार्य जारी रहेको पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले बताएका छन ।

    सीमावर्ती भारतको इनर्वा बजारतर्फ पेट्रोलियम पदार्थको तस्करहरुलाई रोक्न गएको नेपाली प्रहरीहरु
    \तस्करका निसानामा परेका हुन् । प्रहरी चौकी पिडारीगुठी र प्रहरीचौकी पाङ्डेपुरका प्रहरीहरु माथि तस्करले लाठी, भाटाले आक्रमण गरेको र एकथान थ्रीनट थ्री बन्दुक लुटेर फरार भएका बताइएको छ ।

    तस्करको कुटाइबाट प्रहरी चौकी पाङ्डेपुरका असई विष्णुदेव यादव, प्रहरी जवान प्रेमबहादुर राणा र अर्जुन चौधरी घाइते भएका र उनीहरुको वीरगञ्जमा उपचार भइरहेको जानकारी प्राप्त भएको छ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...