News Portal

  • डोलेश्वर महादेवका पदाधिकारीहरुले लिए सपथ

    भक्तपुर, २९ माघ
    ९८६ पटक
    भक्तपुर, २९ माघ

    गत माघ १९ गते सम्पन्न केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिको दशौं वार्षिक साधारणसभा तथा चौथो अधिवेशनबाट नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुले सपथ लिएका छन् ।

    सोमबार साँझ कार्यक्रमबीच समितिका नवनिर्वाचित अध्यक्ष बालहरि चालिसेसँगै पदाधिकारी र सदस्यहरुलाई निर्वाचन समितिका संयोजक वीरेन्द्र कायष्थले पद तथा गोपनीयताको सपथ ग्रहण गराएका हुन् । १० औं साधारणसभा तथा चौथो अधिवेशनबाट निर्वाचित संघका नवनिर्वाचित पदाधिकारी र सदस्यहरुले सोमबार औपचारिक रुपमा सपथ ग्रहण गरेसँगै नयाँ नेतृत्वले वैधानिकता पाएको हो । समितिको अध्यक्षमा चालिसेसँगै वरिष्ठ उपाध्यक्ष सुुर्यबहादुर खाइतुु, उपाध्यक्ष मोहन गिरी, महिला उपाध्यक्ष निर्मला सञ्जेल, महासचिव धर्मराज
    बस्नेत, सचिवद्वय विश्वराम थापा र हरिशरण बस्नेत, कोषाध्यक्ष मोहन बल्ल, सह–कोषाध्यक्ष दिलिप कुमार केसीले पनि सपथ लिएका हुन् ।यसैगरी निर्वाचनबाट निर्वाचित सदस्यहरु क्रमशः राजनकाजी त्वाती, कविराम थापा, बिनोद भट्टराई, मुकुन्द शर्मा, दिपक बस्नेत, गीता थापा, सुनिता थापा, र केदार प्रसाद उपाध्यायले पनि सोमबारै सपथ लिएका छन् ।

    सपथपछि कार्यक्रममा बोल्दै नवनिर्वाचित अध्यक्ष चालिसेले जतिसक्दो चाँडो मूलमन्दिरको निर्माण सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरे । निवर्तमान अध्यक्ष बिदुरमान सिंह बस्नेतले आफ्नो तीन कार्यकालमा आफूलाई सहयोग गर्ने सम्पूर्णलाई धन्यबाद दिँदै आगामी दिनमा आफू पदमा नरहे पनि मन्दिरको हरेक कार्यमा आफ्नो सहयोग रहने बताए ।

    कार्यक्रममा समितिका संरक्षक भरतमणि जंगम, समितिका निर्वतमान बरिष्ठ उपाध्यक्ष तथा सुर्यविनायक नगरपालिका वडा नं. ८ का वडाध्यक्ष किरण थापा र निर्वाचन समितिका संयोजक वीरेन्द्र कायष्ठले सम्पूर्ण कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई बधाई दिँदै समितिद्वारा तयार गरिएको गुरु योजनालाई छिटो भन्दा छिटो कार्यान्वयन गर्न शुभकामना दिए ।

    प्रतिकृया दिनुहोस्

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...

    ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता

    नयाँ शैक्षिक सत्रको लागि विद्यालयमा भर्ना अभियान शुरु भएको छ । बैशाख २ गते बाट...

    भक्तपुरमा डलर देखाई ३ लाख ५० हजार ठगी फरारहरु प्रहरी फन्दामा

    भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा...

    बैशाख २४ मा सार्वजनिक बिदा र उत्सवबारे प्रदेश सरकारका प्रवक्ता श्रेष्ठको यस्तो खुलासा

    बागमती प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले प्रदेश सरकारले...