News Portal

  • ४० जिल्लाका दलित प्रतिनिधि राजधानीमा : ‘जात व्यवस्था उन्मूलन मोर्चा’ निर्माण गर्दै आहुती

    काठमाडौ, ११ फागुन
    १४९६ पटक
    काठमाडौ, ११ फागुन

    ‘वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल’ निर्माणको लागि वैचारिक, राजनीतिक तथा सङ्गठनात्मक अभियान समिति दलित विभागद्वारा राष्ट्रिय भेलाको आयोजना गरिएको छ । सो भेलाले जात व्यवस्था उन्मूलन मोर्चा निर्माण गर्ने तयारी गरेको छ ।

    राजधानीको बिजुलीबजारमा आयोजित उक्त राष्ट्रिय भेलाको शनिवार उद्घाटन गर्दै अभियानका संयोजक विश्वभक्त दुलाल आहुतीले अवको आन्दोलन पुँजिवादी व्यवस्थाको विकल्प खोज्ने आन्दोलन हुनुपर्नेमा जोड दिए । अव उठ्ने आन्दोलनले समग्र दलितहरुको हक र अधिकार ग्यारेन्टी हुने उनले दावी गरे ।

    पुँजीवाद अन्तर्गत दलितको मुक्ति संम्भव नहुने हुँदा दलितको नाममा राजनीतिक ‘पसल’ थाप्नेहरूको पछि लागेर मुक्ति नमिल्ने उनको जिकिर छ । पँजीवादको विरुद्ध संघर्ष गर्नुपर्ने आवश्यक भैसकेकोले अव सबै दलित एकै मोर्चामा आएर मुक्ति आन्दोलन गर्नुपर्ने उनले बताए ।

    उक्त भेलामा देशका चालिस जिल्लाबाट दुई दुई जना प्रतिनिधिहरूको सहभागिता रहेको सो अभियान अन्तर्गत दलित विभागका संयोजक राजकुमार हिङ्गमाङले जानकारी दिए ।

    ‘भेलाले आजै जात व्यवस्था उन्मूलन मोर्चा नामक संङ्गठन घोषणा गर्नेछ । ” हिङ्गमाङले भने ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...