News Portal

  • मसी होइन, गोली लाग्ने पेनसहित २४ वर्षिय युवक पक्राउ

    ८२३ पटक

    कास्की । पेनले लेख्ने कुरा त सबैलाई थाँहा नै छ । तर, हामीले लेख्न प्रयोग गर्ने कलमबाट गोली चलाई अपराध गर्न मिल्छ भन्ने थाँहा नहुन पनि सक्छ । प्रहरीले यस्तै पेन गन सहित १ जनालाई पक्राउ गर्न सफल भएको छ ।

    जिल्ला प्रहरी कार्यालय कास्कीले पेनजस्तो देखिने तर बन्दुकको काम गर्न सक्ने पेन गनसहित २४ वर्षिय युवकलाई पक्राउ गर्न सफल भएको हो । पक्राउ पर्नेमा पोखरा महानगरपालिका-२४ कास्कीकोट स्थायी घर भई हाल पोखरा महानगरपालिका-७ मासबार बस्दै आएका २४ वर्षिय सागर रानाभाट रहेका छन् ।

    प्रहरीले विशेष सूचनाको आधारमा पेन गन र उक्त गनमा लाग्ने सात थान गोली सहित पक्रेको र उनको साथबाट औषधसहितसमेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक दान बहादुर कार्कीले जानकारी दिएका छन् ।

    पक्राउ परेका रानाभाट माथि थप अनुसन्धान भईरहेको बताइएको छ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...