News Portal

  • मसी होइन, गोली लाग्ने पेनसहित २४ वर्षिय युवक पक्राउ

    ५१६ पटक

    कास्की । पेनले लेख्ने कुरा त सबैलाई थाँहा नै छ । तर, हामीले लेख्न प्रयोग गर्ने कलमबाट गोली चलाई अपराध गर्न मिल्छ भन्ने थाँहा नहुन पनि सक्छ । प्रहरीले यस्तै पेन गन सहित १ जनालाई पक्राउ गर्न सफल भएको छ ।

    जिल्ला प्रहरी कार्यालय कास्कीले पेनजस्तो देखिने तर बन्दुकको काम गर्न सक्ने पेन गनसहित २४ वर्षिय युवकलाई पक्राउ गर्न सफल भएको हो । पक्राउ पर्नेमा पोखरा महानगरपालिका-२४ कास्कीकोट स्थायी घर भई हाल पोखरा महानगरपालिका-७ मासबार बस्दै आएका २४ वर्षिय सागर रानाभाट रहेका छन् ।

    प्रहरीले विशेष सूचनाको आधारमा पेन गन र उक्त गनमा लाग्ने सात थान गोली सहित पक्रेको र उनको साथबाट औषधसहितसमेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक दान बहादुर कार्कीले जानकारी दिएका छन् ।

    पक्राउ परेका रानाभाट माथि थप अनुसन्धान भईरहेको बताइएको छ ।

    प्रतिकृया दिनुहोस्

    बक्तृत्वकला प्रतियोगितामा मोर्डनकी छात्रा समिक्षा खनाल प्रथम

    ”शिक्षामा प्रविधिको प्रयोग, आजको आवश्यकता” विषयक बक्तृत्वकला प्रतियोगितामा मोर्डन बोर्डिङ्ग स्कूलकी छात्रा समिक्षा खनालले प्रथम...

    संक्रमित आमाबाट स्वस्थ बच्चाको जन्म

    भरतपुर अस्पतालमा विगत १० महिनामा छ जना एचआइभी संक्रमित आमाले स्वस्थ बच्चालाई जन्म दिएका छन्...

    विद्यार्थीलाई ट्राफिक सचेतना कक्षा  

    ट्राफिक प्रहरीले सामुदायिक विद्यालयका विद्यार्थीलाई ट्राफिक सचेतना कक्षा सञ्चालन गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक...

    एउटै व्यक्ति चोरी मुद्दामा पाँचौँपटक पक्राउ

    नेपाल प्रहरीले बूढानीलकण्ठ क्षेत्रमा रु चार लाख ८८ हजार चोरी गर्ने एक जनालाई पक्राउ गरेको...

    फलोअप उपचारका लागि आज चीन जाँदै नेकपा माओवादी केन्द्रका उपमहासचिव पुन

    नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन फलोअप उपचारका लागि शुक्रबार चीन जाने भएका छन् ।...