News Portal

  • माध्यमिक तहका शिक्षकहरुको पदस्थापन शुरु : हेर्नुस् पदस्थापनका आधार र नामावली

    १९४४ पटक

    भक्तपुर, ३ साउन । सानोठिमीस्थित शिक्षा तथा मानव स्रोत विकास केन्द्रले खुला प्रतिस्पर्धाबाट छनोट भएका माध्यमिक तहका शिक्षकहरुको शुक्रवारबाट पदस्थापना शुरु गरेको छ ।

    शिक्षक सेवा आयोगबाट छनौट भै सिफारिस भएको १ महिना बितिसक्दा पनि पदस्थापन हुन सकेको थिएन । आयोगमा ५ सय ३ रिक्त दरबन्दी रहेपनि आयोगले १ हजार ९७ जनाको नाम सिफारिस गरेपछि ५ सय ९४ शिक्षकको पदस्थापनामा केन्द्रलाई सकस परेको थियो ।

    शुक्रवार केन्द्रले बाँकी शिक्षकलाई ७७ जिल्लामै बाँडेर पदस्थापनाका लागि एकमुष्ठ रुपमा पठाएको छ ।

    हेर्नुस् पदस्थापनाका लागि पठाइएको शिक्षकहरुको विषयगत नामावलीः

     

    शिक्षक नियुक्ति तथा पदस्थापनाका आधारहरुः

    १. सम्बन्धित शिक्षा विकास तथा समन्वय इकाईले आफ्नो जिल्ला अन्तर्गत रिक्त रहेको तह र विषयगत दरबन्दी संख्या अनुसार शिक्षकहरुलाई गाँउ नगरपालिका रोज्न लगाउने ।

    २. उल्लिखित शिक्षक नियुक्ति तथा पदस्थापनका आधारहरु बमोजिम तह, विषय र सिफारिस भएको गाँउरनगरपालिका खुलाई स्थायी नियुक्ति पत्र दिने ।

    ३ .बिद्यालयमा पदस्थापन गर्न स्थायी नियुक्ति प्राप्त गरेका विषयगत शिक्षकहरुको नामावली र विधालयगत रिक्त दरबन्दीको विवरण सम्बन्धित गाँउ नगरपालिकालाई उपलब्ध गराउने ।

    ४. शिक्षा विकास तथा समन्वय इकाइबाट प्रा. बिवरणका आधारमा स्थानीय तहले शिवा नियमावली अनुसार तह, कक्षा, विषय र विद्यार्थी संख्याको आधारमा विद्यालय रोज्न लगाई पदस्थापन गर्ने ।

    ५, शिक्षा विकास तथा समन्वय इकाइले नियुक्त गरिएका शिक्षकहरुको एकमुष्ट नामावली मात्र शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा पठाउने

    प्रतिकृया दिनुहोस्

    झ्याल हाल्ने क्रममा लडेर मध्यपुरमा एक मजदुरको निधन

    भक्तपुरको मध्यपुर थिमिमा निर्माणाधीन घरमा झ्याल हाल्ने क्रममा लडेर एक मजदुरको ज्यान गएको छ ।...

    सञ्चार जगत सत्ताको प्रतिपक्षी नै हुनुपर्छ भन्ने मान्यता सही होइन : मन्त्री शर्मा

    सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारको बिरोध गर्ने नाउँमा व्यवस्थाकै बिरोध भैरहेको बताएकी...

    भक्तपुरमा मजदुर दिवसकै दिन गयो दुई मजदुरको ज्यान

    भक्तपुरमा विश्व मजदुर दिवसकै दिन दुई मजदुरको ज्यान गएको छ । इनार खन्ने क्रममा दुई...

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...