News Portal

  • गुल्मीमा भिषण पहिरोमा परी ५ जनाको मृत्यु, १२ वेपत्ता

    संगीता अर्यालगुल्मी, ७ साउन
    ११८१ पटक
    गुल्मी, ७ साउन

    गुल्मीको सत्यवती गाउँपालिकामा भीषण पहिरो गएको छ । पहिरोमा परी पाँच जनाको मृत्यु भएको छ भने १२ जना वेपत्ता भएका छन् ।

    सत्यवती गाउँपालिका वार्ड नं. ३ मा उक्त पहिरो गएको हो । पहिरोमा परेका दुई जनाको उद्धार गरिएको छ । गए राति खसेको पहिरोले घर भत्काउँदा यति ठूलो मानवीय क्षति भएको हो ।

    सत्यवती गाउँपालिकाकै वडा नम्बर – ४ लिंघाको भिरकुनामा पनि चार वटा घर पहिरोले पुरेको छ । सत्यवती गाउँपालिका अध्यक्ष पारिश्वर ढकालले पहिरो गएको क्षेत्रमा प्रहरी र स्थानीय लागेर उद्धारको काम भइरहेको जानकारी दिए । उद्धार गरिएका घाइतेहरुलाइ पानी परिरहेकाले बाटो अवरुद्ध हुँदा उपचारमा लैजानका लागि समस्या परेको छ।

    पहिरोमा पुरिएर वडा नम्बर-३ का ३२ वर्षीय तिलकुमारी त्रामु, ९ वर्षीय दर्शन त्रामुको मृत्यु भएको छ भने वडा नम्बर – ४ का ६५ वर्षीय छल्लली बिक, १२ वर्षीय अञ्जली बिक, १० वर्षीय हेमन्त बिकको मृत्यु भएको गुल्मी प्रहरीले जनाएको छ ।

    भारी वर्षापछि आएको बाढी र पहिरोले देशभरको जनजीवन प्रभावित पारेको छ । कतै सडक अवरुद्ध भएका छन् भने कतै पहिरो र बाढीको समस्या बढेको छ । गुल्मीका रिडी रुद्रबेनी र वामी टक्टर सडकखण्ड अवरुद्ध भएकाले प्रभावित ठाउँमा पुग्न समस्या भएको प्रहरीले जनाएको छ ।

    अपडेट : पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या १० पुगेको छ । २ जना अझैँ बेपत्ता छन् ।

    सत्यवति गाउँपालिकाको लिम्घामा ८ जना र ठूलो लुम्पेकमा २ जनाको मृत्यु भएको हो ।

    मृत्यु हुनेहरुमा एकै घरका ६५ वर्षीय छल्ली बिक, २८ वर्षीय पम्फा बिक, १२ वर्षीय अंजली बिक, १० वर्षीय हेमन्त बिक, रुपा बिक, सिवानी बिक, निर्मला बिक, हिमान्सु बिक रहेका छन् ।
    ठूलो लुम्पेक कसिन डाँडा पहिरोमा पुरिएर आमा छोरा ३२ वर्षीय तिलकुमारी त्रामु र ९ वर्षीय दर्शन त्रामुले ज्यान गुमाएका छन् ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...