News Portal

  • लाचार सरकारी संयन्त्र :२ हप्ता बित्दा पनि सर्लाहीमा पिडितले पाउन सकेनन राहत

    स्थानीय सरकार हेरेको हेर्यै

    भक्तपुर, १२ साउन
    ६४२ पटक
    भक्तपुर, १२ साउन

    बाढी तथा डुबानको समस्या भएको झण्डै दुई हप्ता बितिसक्न लाग्दा पनि राज्य तथा जिल्ला बिपत ब्यबस्थापन समितिले अझै सर्लाहीका बाढी तथा डुवानबाट पिडित घर परिवार र क्षतिको विवरण समेत सार्वजनिक गर्न सकेको छैन ।

    एकद्दार प्रणालीबाट राहत बितरण गर्ने भन्दै राहत बितरण कार्य लाई रोकेर तथ्याङ्क संकलन गर्ने कार्यलाई अघि बढाइएको भए पनि अझै विवरण नै सार्वजनिक हुन नसकेको हो । विवरण सार्वजनिक नहुँदा सरकारी तवरबाट राहत वितरण कार्य हुन सकेको छैन ।

    सर्लाहीस्थित बागमती सेवा समाजले दिएको प्रारम्भिक तथ्याङ्ग अनुसार ३ जना बालबालिकाको ज्यान जाने गरी भएको बाढी तथा डुबानबाट जिल्लामा २ हजार ४ सय घर परिवार र १३ हजार मानिस पुर्णरुपमा बिस्थापित भएका छन । तर जिल्ला बिपत ब्यबस्थापन समितिले भने अझै तथ्यांक सार्बजनिक गर्न सकेको छैन ।

    राज्य तथा स्थानीय निकायबाट अझै राहत सामाग्री नपाउदा पिडित परिवारहरुको पिडा माथि झन् पिडा थपिएको स्थानीय पत्रकार प्रेमनाथ पौडेलले भक्तपुरपोस्ट संग भनेका छन् । यद्यपी केहि गैर सरकारी संस्थाका सहयोगका कारण उनीहरुले केहि राहत पाएका बताइएको छ । केहि दिन अघि सर्लाही पुगेकी मन्त्री थममाया थापाले समेत गैर सरकारी संस्थाले दिएको राहत वितरण गरेर फर्किएकी थिइन् ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...