News Portal

  • योगेश भट्टराई बने नयाँ मन्त्री

    भक्तपुर, १५ साउन
    ९६९ पटक
    भक्तपुर, १५ साउन

    लामो समयदेखि रिक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको जिम्मेवारी योगेश भट्टराईले पाएका छन् ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार दिउँसो भट्टराईलाई नियुक्त गरेका हुन् । भट्टराईले राष्ट्रपति विद्यादेवी भण्डारीसामू पद तथा गोपनियताको सपथ ग्रहण समेत गरेका छन् ।

    गत फागुन १५ मा हेलिकोप्टर दुर्घटनामा परि तत्कालिन मन्त्री रवीन्द्र अधिकारीको ज्यान गएपछि उक्त पद खाली रहेको थियो । बेलाबखत योगेशलाई उक्त मन्त्रालय दिने हल्ला चलेपनि प्रधानमन्त्री ओली आफैंले राखेका थिए ।

    विगतमा काठमाडौबाट निर्वाचनमा भाग लिए पनि पराजित बन्दै आएपछि भट्टराई यसपटक गृह जिल्ला ताप्लेजुङबाट प्रतिनिधिसभा सदस्य चुनिएका थिए । उनकै गृह जिल्ला ताप्लेजुङ पुगेर उनका समकालीन साथी रवीन्द्रले ज्यान गुमाएपछि रिक्त हुन पुगेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको पद योगेशले पाएका छन् ।

    रवीन्द्रका बाँकी कार्यभार पूरा गर्ने जिम्मेवारी पनि अव योगेशकै काँधमा आएको छ । सत्तारुढ नेकपाका स्थायी कमिटी सदस्य समेत रहेका युवा नेता योगेशको मन्त्रालय यात्रासंगै उनीमाथि अवसर र चुनौती दुवै थपिएको छ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...