News Portal

  • आफूले आफ्नै अपहरण गरेपछि

    ५३९ पटक

    पर्सा, १६ साउन । पर्साको विन्दवासिनी गाउँपालिका–४ मधुवल घर भएका २३ वर्षीय उपनेस चौरिसया मंगलबार (साउन १४ गते) घरबाट आफैं मोटरसाइकल चलाएर निस्किएका थिए ।

    सोही दिन उनी सीमावर्ती भारतीय शहर रक्सौल पुगे । रक्सौलको श्याम इन्टरनेशनल नामको होटेलको कोठा नम्बर ५ मा बसेका उपनेसले नेपालबाट आफ्ना थप केही साथीलाई पनि त्यहाँ बोलाए । घरबाट आफैं मोटरसाइकल चलाएर निस्किएका उपनेशबारे मंगलबार साँझ वीरगन्जमा हल्ला चल्यो– उनी त अपहरणमा परे ।

    वीरगन्ज हुँदै उपनेसको घरसम्म उनी अपहरणमा परेको हल्ला चल्यो । परिवारका सदस्यले प्रहरीलाई खबर गरे । प्रहरीले उपनेशको खोजी तीब्र पार्‍यो । उपनेशको अपहरण भएको भन्ने हल्ला चलेपछि प्रहरीले उनका साथी उत्तम भनिने निरन्जन तिवारीलाई नियन्त्रणमा लिएर सोधपुछ थाल्यो ।

    प्रहरीले सोधपुछ शुरु गरेपछि निरन्जनले वास्तविक कुरा बताए । त्यसपछि थाहा भयो उपनेशको अपहरण एक ‘नाटक’ मात्रै रहेछ । उक्त नाटक उपनेश आफैंले रचेका रहेछन् । प्रहरीका अनुसार उपनेशले मंगलबार दिउँसै आफ्नै गाउँका निरन्जन र सनुप दासलाई रक्सौल बोलाएर आफू अपहरणमा परेको भनेर वीरगन्जमा हल्ला चलाउन लगाएका रहेछन् ।

    उपनेशले भने बमोजिम नै निरन्जन र सनुपले पनि उनी अपहरणमा परेको हल्ला चलाइदिए । तर, वास्तविकता पत्ता लागेपछि उपनेश र उनका साथी निरन्जनलाई प्रहरीले नियन्त्रणमा लिएको जनकपुर टुडेले जनाएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार अहिले दुवै जनामाथि थप अनुसन्धान भइरहेको छ ।

    प्रतिकृया दिनुहोस्

    झ्याल हाल्ने क्रममा लडेर मध्यपुरमा एक मजदुरको निधन

    भक्तपुरको मध्यपुर थिमिमा निर्माणाधीन घरमा झ्याल हाल्ने क्रममा लडेर एक मजदुरको ज्यान गएको छ ।...

    सञ्चार जगत सत्ताको प्रतिपक्षी नै हुनुपर्छ भन्ने मान्यता सही होइन : मन्त्री शर्मा

    सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारको बिरोध गर्ने नाउँमा व्यवस्थाकै बिरोध भैरहेको बताएकी...

    भक्तपुरमा मजदुर दिवसकै दिन गयो दुई मजदुरको ज्यान

    भक्तपुरमा विश्व मजदुर दिवसकै दिन दुई मजदुरको ज्यान गएको छ । इनार खन्ने क्रममा दुई...

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...