News Portal

  • अन्त्येष्टिका लागि लगिएको शिशु चल्मलाएपछि प्रहरी फन्दामा

    चितवन, २६ साउन
    ९३६ पटक
    चितवन, २६ साउन

    चितवनको देवघाटमा अन्त्येष्टिका लागि लगिएको जुम्ल्याहा एक शिशु चल्मलाएपछि अस्पताल पुर्याइएको छ । मृत्यु भएको भनी गाडिएको अर्को शिशुलाई पनि निकालेर परीक्षणका लागि भरतपुर अस्पताल पुर्याइएको छ ।

    प्रहरीका अनुसार पश्चिम चितवनको चनौलिकी एक महिलाले विहीवार चितवन मेडिकल कलेजमा जुम्ल्याहा शिशुको जन्म दिएकी थिइन् । दुई शिशुमध्ये एकको मृत्यु भएको र अर्को एक जीवित रहेको अवस्थामा अस्पतालले घर पठाएको भएपनि घर पुगेपछि शुक्रवार अर्को शिशु पनि मृत्यु भयो भनी अन्त्येष्टिका लागि देवघाट लगिएको थियो ।

    घटना संकास्पद रहेको भन्दै प्रहरीले अनुसन्धान थालेको र परिवारका तीन जनालाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको बताइएको छ । प्रहरीले घटनाको बिस्तृत विवरण सार्वजनिक गरेको छैन ।

    जन्मिएका दुईमध्ये ठूलो १ किलो २ सय ग्रामको शिशुको निधन भएको र ८ सय ग्रामको शिशु जीवित रहेको अस्वथामा डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार गर्भ रहेको ७ महीनाको समयमा जुम्ल्याहा शिशुको जन्म भएको थियो ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...