News Portal

  • सिंहदरवारमै मृत अवस्थामा भेटिएका कर्मचारीको साथमा सुसाइड नोट

    काठमाडौं, ३ भदौ
    ९५९ पटक
    काठमाडौं, ३ भदौ

    देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरवार भित्र नै मृत अवस्थामा भेटिएका कर्मचारीको साथमा प्रहरीले सुसाइड नोट भेटिएको जनाएको छ । मंगलबार बिहान ११ बजे सिंहदरवारभित्र रहेको राष्ट्रिय योजना आयोगको कार्यालयमा एक कर्मचारी मृत अवस्थामा भेटिएका थिए ।

    यसरी मृत अवस्थामा भेटिने काठमाडौंको टौदह निवासी बच्चु केसी रहेको प्रहरीले पत्ता लगाएको छ । उनी योजना आयोगमै नायव सुब्बा तहका कर्मचारी थिए ।

    मृतक केसीले लेखेको सुसाइड नोटमा आफू कसैका कारण आत्महत्या नगरेको उल्लेख गरेको प्रहरी स्रोतले जनाएको छ । सुसाइड नोटमा आफ्नी श्रीमतीलाई चिन्ता नगर्नु भन्ने सन्देश पनि लेखिएको छ । साथै उनले आफ्नो आत्महत्यालाई ‘पत्रकार वा अन्यले अर्को अर्थ नलगाउन’ भन्ने पनि लेखेको प्रहरी स्रोतले जानकारी दिएको छ ।

    घटनास्थलमा पुगेको प्रहरी टोलीले उनको साथमा भेटिएको सुसाइड नोटसँगै अन्य सामानहरु पनि लिएर त्यसलाई परिक्षणका लागि प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालामा पठाएको जनाएको छ ।

    केसी मृत भेटिएको ठाउँमा सेल्फोस ट्याब्लेटको खोल र केराको बोक्रा भेटिएको बताइएको छ । त्यो औषधी धान, गहुँको बालीमा प्रयोग गरिने एक किसिमको किटनाशक औषधि रहेको प्रहरीले जनाएको छ । सोही आधारमा उनले केरामा मिसाएर विष सेवन गरेको आशंका गरिएको छ । प्रहरीले उनको मृत्युबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...