News Portal

  • नेपाली सेनाको सेकेन्ड लेफ्टिनेन्टको लागि दरखास्त आव्हान (सूचनासहित)

    भक्तपुर, ४ भदौ
    २०८० पटक
    भक्तपुर, ४ भदौ

    तस्वीर : नेपाली सेनाको फेसबुकबाट

    नेपाली सेनाले खुला प्रतिस्पर्धाबाट भर्ना गर्ने सर्वोच्च पद अधिकृत क्याडेट (सेकेन्ड लेफ्टिनेन्ट)को लागि दरखास्त आव्हान गरेको छ । २५० जना सेकेन्ड लेफ्टिनेन्ट आवश्यक रहेको भन्दै प्रतिस्पर्धामा सहभागी हुन सेनाले विज्ञापन खुलाएको हो ।

    नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभाग बिहीवार एक सूचना जारी गर्दै उक्त पदको लागि दरखास्त आह्वान गरेको छ ।

    २५० जनाको माग गरेको विभागले १ सय ३१ जना खुला प्रतिष्पर्धाबाट, ३६ आदिवासी जनजाती, ३१ मधेशी,२२ जना महिला, १७ दलित, ६ पिछडिएको क्षेत्र र ७ सैनिक परिवारका छोराछोरीका लागि कोटा छुट्याइएको छ।

    त्यस्तै २२ जना महिला, ३६ आदिवासी जनजारी, ३१ मधेशी, १७ दलित र ६ पिछडिएको क्षेत्र गरी २५० जनाको माग गरेको हो।

    दरखास्त दिने मिति भदौ ४ गतेदेखि असोज २ गते सम्म रहेको निर्देशनालयले जनाएको छ । दोब्बर दस्तुर तिरेर असोज ९ गतेसम्म दिन सकिने छ । विस्तृत जानकारीको लागि भदौ ४ गते प्रकाशित गोरखापत्रको पेज नम्बर ११ हेर्नुहोला ।

    हेर्नुस सूचना

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...