News Portal

  • बेरोजगारलाई खुशीको खबर : सरकारले ९ सय कर्मचारी भर्ना गर्ने

    भक्तपुर , २७ भदौ
    १०७६ पटक
    भक्तपुर , २७ भदौ

    बेरोजगारलाई खुशीको खवर छ । सरकारले ९ सय कर्मचारी भर्ना गर्ने तयारी गरेको छ ।

    सरकारले विभिन्न सरकारी आयोजना र कार्यालयका लागि स्थायी, अस्थायी र करार गरी करीब ९ सय कर्मचारी भर्ना गर्ने तयारी गरेको हो ।

    सरकारले नयाँ दरबन्दी सिर्जना गरेर कर्मचारी नियुक्त गर्ने तयारी गरेको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिएका हुन् ।

    विभिन्न मन्त्रालयअन्तर्गतका आयोजना तथा कार्यक्रमका लागि ८ सय ९३ पद सिर्जना गरेको उनको भनाइ छ । मन्त्री परिषद्को बैठकले राजपत्रांकित स्थायी ८ सय ५३ पद, राजपत्रांकित अस्थायी १५ पद र सेवा केन्द्रका लागि २५ अस्थायी पदको दरबन्दी स्वीकृत गरेको प्रवक्ता बाँस्कोटाले बताए ।

    स्वीकृत दरबन्दीमध्ये सबैभन्दा बढी जलस्रोत तथा सिँचाई विभाग अन्तर्गत ३ सय ६० र कृषि तथा पशुपंक्षी विकास मन्त्रालय अन्तर्गतका आयोजनाका लागि २ सय ७२ रहेको छ ।

    नयाँ सिर्जना गरिएका पदमा राजपत्रांकित पद (अधिकृत स्तर) को दरबन्दी ८ सय ५३ रहेको छ ।

    लोकसेवा आयोग लाई बाइपास गरी नयाँ दरबन्दी सिर्जना गरिनु गलत भएको आयोगको भनाइ भएपनि सरकारले आयोजनाको उदेश्य अनुरुप काम गर्न सक्ने दक्ष जनशक्तिका लागि नयाँ दरबन्दी स्वीकृत गर्नुपरेको जिकिर गरेको छ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...