नेपाल मजदुर किसान पार्टीको सातौँ महाधिवेशनले पार्टीको नयाँ नेतृत्व निर्वाचित गरेको छ । अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) लाई नेतृत्वमा निरन्तरता दिंदै उनको अध्यक्षतामा २५ सदस्यीय केन्द्रीय समिति निर्वाचित भएको हो ।
सोमबार साँझ सम्पन्न बन्दसत्र बाट अध्यक्ष बिजुक्छें सर्वसम्मतिले निर्वाचित भएका हुन् । नेमकिपा श्रोतका अनुसार नयाँ निर्वाचित कार्यसमितिमा प्रेम सुवाल, सुनिल प्रजापति, मोहनप्रसाद प्रजापति, डिल्लीप्रसाद काफ्ले, नवराज कोइराला, जग्यबहादुर शाही छन् । त्यसैगरी सनकमान महर्जन, नन्दबहादुर शाही, बजिरसिं विश्वकर्मा, नर्मा गुरूङ, नारायण महर्जन, सरोजराज गोसाई, उकेश कवां, खगेन्द्रबहादुर शाही, कृष्णकुमार वैद्य, अनुराधा थापामगर सदस्यमा निर्वाचित भएका छन् ।
महाधिवेशनबाट कमलमैया सुवाल, हरिसुन्दर बासी, राजवीर डंगोल, सुरेन्द्रराज गोसाई, सृजना सायजू, सरोजकुमार साह पनि सदस्यमा निर्वाचित भएका छन् । कृष्णबहादुर तामाङ र मुक्ति यादव वैकल्पिक सदस्यमा निर्वाचित भएका नवनिर्वाचित केन्द्रीय सदस्य सरोजराज गोसाइले जनाएका छन् ।
गोसाइका अनुसार नवनिर्वाचित अध्यक्ष बिजुक्छेँले बन्दसत्रमा शपथग्रहण समेत गरिसकेका छन् भने उनले नवनिर्वाचित सदस्यहरूलाई समेत शपथग्रहण गराइसकेका छन् ।
निर्वाचन प्रक्रिया सञ्चालनको निम्ति बन्दसत्रका प्रतिनिधि लक्ष्मण जोशीको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन मण्डल गठन गरिएको थियो । निर्वाचन मण्डलमा उद्धव सुजखू र सुनकेसा शाही सदस्य रहेका थिए ।