News Portal

  • बिजुक्छेँको नेतृत्वलाई निरन्तरता दिँदै नेमकिपामा २५ सदस्यीय केन्द्रीय कमिटि निर्वाचित

    भक्तपुर, ६ असोज
    १५९८ पटक
    narayanman bijukchheभक्तपुर, ६ असोज

    नेपाल मजदुर किसान पार्टीको सातौँ महाधिवेशनले पार्टीको नयाँ नेतृत्व निर्वाचित गरेको छ । अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) लाई नेतृत्वमा निरन्तरता दिंदै उनको अध्यक्षतामा २५ सदस्यीय केन्द्रीय समिति निर्वाचित भएको हो ।

    सोमबार साँझ सम्पन्न बन्दसत्र बाट अध्यक्ष बिजुक्छें सर्वसम्मतिले निर्वाचित भएका हुन् । नेमकिपा श्रोतका अनुसार नयाँ निर्वाचित कार्यसमितिमा प्रेम सुवाल, सुनिल प्रजापति, मोहनप्रसाद प्रजापति, डिल्लीप्रसाद काफ्ले, नवराज कोइराला, जग्यबहादुर शाही छन् । त्यसैगरी सनकमान महर्जन, नन्दबहादुर शाही, बजिरसिं विश्वकर्मा, नर्मा गुरूङ, नारायण महर्जन, सरोजराज गोसाई, उकेश कवां, खगेन्द्रबहादुर शाही, कृष्णकुमार वैद्य, अनुराधा थापामगर सदस्यमा निर्वाचित भएका छन् ।

    महाधिवेशनबाट कमलमैया सुवाल, हरिसुन्दर बासी, राजवीर डंगोल, सुरेन्द्रराज गोसाई, सृजना सायजू, सरोजकुमार साह पनि सदस्यमा निर्वाचित भएका छन् । कृष्णबहादुर तामाङ र मुक्ति यादव वैकल्पिक सदस्यमा निर्वाचित भएका नवनिर्वाचित केन्द्रीय सदस्य सरोजराज गोसाइले जनाएका छन् ।

    गोसाइका अनुसार नवनिर्वाचित अध्यक्ष बिजुक्छेँले बन्दसत्रमा शपथग्रहण समेत गरिसकेका छन् भने उनले नवनिर्वाचित सदस्यहरूलाई समेत शपथग्रहण गराइसकेका छन् ।

    निर्वाचन प्रक्रिया सञ्चालनको निम्ति बन्दसत्रका प्रतिनिधि लक्ष्मण जोशीको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन मण्डल गठन गरिएको थियो । निर्वाचन मण्डलमा उद्धव सुजखू र सुनकेसा शाही सदस्य रहेका थिए ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...