News Portal

  • नवरात्रीका नौ दिन देवीको नौ स्वरूप अनुसार प्रयोग गर्नुस् उनका प्रिय रंग

    प्रिय रंगको बस्त्र धारण गर्दा देवी हुन्छिन् प्रसन्न

    २५६७ पटक

    भक्तपुरपोस्ट । नवदुर्गा भवानीकाे  विशेष पूजा अर्चना गरिने नवरात्रीमा देवीको नौ स्वरुपको पूजा अर्चना गर्ने धार्मिक प्रचलन रही आएको छ । देवीको स्वरुप अनुरुपका रंगहरु प्रयोग गर्दा उनी प्रसन्न हुने पण्डितहरुको मत रहेको छ । उनका प्रिय रंगको वस्त्र धारण गर्दा देवी छिट्टै प्रसन्न हुने हुदा पूजाको समयमा आफ्नो कपडालाइ पनि विशेष ध्यान दिन पण्डितहरु सुझाव दिने गर्दछन ।  देवीका प्रिय रंगका बस्त्र धारण गर्दा उनी प्रसन्न हुने र पूजाको फल प्राप्त हुने धार्मिक बिस्वास रहेको पाइन्छ ।

    नवरात्रीको पहिलो दिन देवीको स्वरुप शैल पुत्रीको पूजा गरिन्छ । पर्वतराज हिमालयको पुत्रीको रुपमा शैल पुत्रीलाई पुजिन्छ । पहेलो रंग यिनको प्रिय भएकोले पण्डितहरु यो दिन पहेलो बस्त्र धारण गर्न सुझाब दिने गर्दछन ।

    नवरात्रीको दोश्रो दिन देवीको ब्रम्हाचारिणी स्वरुपको पूजाअर्चना गरिन्छ । महादेव स्वामी पाउँ भनी देवी पार्वतीले कठोर तपस्या गरेको अवस्था उनको नाम ब्रम्हाचारिणी रहन गएको हो । यो दिन पहेलो वा गेरु बस्त्र धारण गर्नु राम्रो मानिएको छ ।

    नवरात्रीको तेश्रो दिन देवीको चन्द्रघण्टा स्वरुपको पूजाअर्चना गरिन्छ । यो स्वरुप देवीको ज्ञानवतीको स्वरुप हो । यो दिन सेतो बस्त्र धारण गर्नुपर्दछ ।

    नवरात्रीको चौथो दिन देवीको कुस्माण्डा स्वरुपको पूजाअर्चना गरिन्छ । यो स्वरुपमा देवीले अण्डा रुपमा ब्रम्हाण्डको रचना गरेको विस्वास गरिन्छ । यो दिन सुन्तला रंगको बस्त्र धारण गर्नु उत्तम मानिन्छ ।

    नवरात्रीको पाँचौ दिन देवीको स्कन्दमाता स्वरुपको पूजाअर्चना गरिन्छ । आदिशक्तिको यो स्वरूप सूर्यमंडलकी अधिष्ठात्री देवी हो । यो दिन सेतो बस्त्र धारण गर्नुपर्दछ ।

    नवरात्रीको छैठौ दिन देवीको कात्यायनी स्वरुपको पूजाअर्चना गरिन्छ । महर्षि कात्यायनको कठोर तपस्याबाट प्रसन्न देवीले उनको पुत्रीको रुपमा जन्म लिएकोले उनको यो स्वरुप कात्यायनीको रुपमा पूजनीय भएको हो । यो दिन रातो बस्त्र धारण गर्दा देवी प्रसन्न हुने बिस्वास रही आएको पाइन्छ ।

    नवरात्रीको सातौ दिन देवीको कालरात्री स्वरुपको पूजाअर्चना गरिन्छ । देवीको यो रूप ऋद्धि सिद्धि प्रदान गर्नेवाला हो । यो दिन निलो रंगको बस्त्र धारण गर्दा देवी प्रसन्न रहन्छिन ।

    नवरात्रीको आठौँ दिन देवीको महागौरी स्वरुपको पूजाअर्चना गरिन्छ । यो स्वरुप देवीको गृहस्त्राश्रमको हो । यो दिन गुलाबी बस्त्र धारण गर्दा उनी खुशी हुन्छिन ।

    नवरात्रीको नवौं दिन देवीको सिद्धिदात्री स्वरुपको पूजाअर्चना गरिन्छ । यो स्वरुप देवीले महादेव बात अष्ट सिद्धि प्राप्त गरेको हो । यो दिन पर्पल रंगको बस्त्र धारण गर्नु राम्रो मानिएको छ ।

    प्रतिकृया दिनुहोस्

    झ्याल हाल्ने क्रममा लडेर मध्यपुरमा एक मजदुरको निधन

    भक्तपुरको मध्यपुर थिमिमा निर्माणाधीन घरमा झ्याल हाल्ने क्रममा लडेर एक मजदुरको ज्यान गएको छ ।...

    सञ्चार जगत सत्ताको प्रतिपक्षी नै हुनुपर्छ भन्ने मान्यता सही होइन : मन्त्री शर्मा

    सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारको बिरोध गर्ने नाउँमा व्यवस्थाकै बिरोध भैरहेको बताएकी...

    भक्तपुरमा मजदुर दिवसकै दिन गयो दुई मजदुरको ज्यान

    भक्तपुरमा विश्व मजदुर दिवसकै दिन दुई मजदुरको ज्यान गएको छ । इनार खन्ने क्रममा दुई...

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...