News Portal

  • नेपाल प्रहरीमा ३ हजार ५ सय ९६ नयाँ दरबन्दी स्वीकृत : प्रहरीमा भर्ना हुन इच्छुकलाई ठूलो अवसर

    भक्तपुर, २९ असोज
    १२१७ पटक
    भक्तपुर, २९ असोज

    नेपाल प्रहरीमा ३ हजार ५ सय ९६ नयाँ दरबन्दी थपिएको छ । विभिन्न पदमा गरी यो नयाँ दरबन्दी थपिएको हो ।

    नेपाल प्रहरीले पठाएको नयाँ दरबन्दीसम्बन्धी प्रस्ताव गृह मन्त्रालयले स्वीकृत गरेसंगै प्रहरीमा नयाँ दरबन्दी थपिएको हो । जवान देखि वरिष्ठ प्रहरी अधिकारीसम्म नयाँ दरबन्दी थपिए पछि प्रहरीसंख्या अपुग नहुने भएको छ ।

    नयाँ दरबन्दी अनुसार नेपाल प्रहरीमा एक प्राविधिकसहित ३ जना एसएसपी, ४ जना एसपी, २१ डिएसपी र ४७ जना इन्स्पेक्टर थपिने भएका छन् ।

    त्यसैगरी, सई ८६, असई २ सय ९७, प्रहरी हवल्दार ६८३, प्रहरी जवान २ हजार २ सय १६ र कार्यालय सहायक २ सय ३९ थपिने भएका छन् ।

    नयाँ दरबन्दी स्वीकृत भएपनि त्यसको पदपूर्ती प्रक्रिया शुरु हुन भने केहि महिना लाग्ने बताइएको छ । प्रहरीको इन्स्पेक्टर भन्दा माथि आन्तरीक र बढुवाबाट पदपूर्दी हुने भए पनि इन्स्पेक्टरसम्म आन्तरीक तथा खुला प्रतिस्पर्धाबाट छनौट गर्ने प्रावधान छ । प्रहरीमा जागिर खान इच्छुक युवाहरुलाई यो ठूलो संख्याले आकर्षित गर्ने अनुमान गर्न सकिन्छ । तपाई पनि प्रहरीमा भर्ना हुन चाहनुहुन्छ भने यो माैकालाइ खेर जान नदिन अहिलेबाटै परीक्षाकाे तयारी गर्न सक्नुहुन्छ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...