News Portal

  • मुनिबिहारमा मानन्धर परिवारद्वारा भोजन दान

    भक्तपुर, २ कात्तिक
    १४५४ पटक
    भक्तपुर, २ कात्तिक

    भक्तपुरको हनुमानघाटस्थित मुनिबिहारमा रहेका बाल भिक्षुहरुलाई भोजन दान गरिएको छ । सल्लाघारी निवासी सावित्री मानन्धरद्वारा उनीहरुलाई भोजन दान गरिएको हो ।

    शनिवार सावित्री मानन्धरको परिवार तथा काठमाडौं निवासी उनकी बहिनी मिना मानन्धरको परिवार समेत भोजन दानमा सरिक भएका थिए । उक्त अवसरमा मुनिबिहारमा रहेका करीब ९० जना भिक्षुहरुलाई भोजन दान गरिएको सावित्रीका कान्छा छोरा राजेशमान मानन्धरले बताए ।

    उनीहरु आफै सहभागी भै बिहारको भान्सामा बिभिन्न मिष्ठान्न व्यंजन तयार गरी भोजन दान गरेका थिए । आमा सावित्री मानन्धरको इच्छा बमोजिम भोजन दान गरिएको थियो ।

    बुद्ध धर्ममा भोजन दानलाई बिशेष महत्वका साथ् वर्णन गरी यसबाट अत्यन्त पुन्य प्राप्त हुने उल्लेख गरिएको छ । भोजन दानले बाल भिक्षुहरु खुशी भएका थिए भने यस दान कर्मले मानिसको मनलाई शुद्ध बनाउने र धर्मप्रति आस्थावान बनाइराख्ने बिहार ब्यस्थापनले जनाएको छ ।

    भोजन दान गर्न पाउदा आफूहरुलाइ ज्यादै आनन्द लागेको मानन्धर परिवारको भनाइ छ ।

     

    प्रतिकृया दिनुहोस्

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...

    ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता

    नयाँ शैक्षिक सत्रको लागि विद्यालयमा भर्ना अभियान शुरु भएको छ । बैशाख २ गते बाट...

    भक्तपुरमा डलर देखाई ३ लाख ५० हजार ठगी फरारहरु प्रहरी फन्दामा

    भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा...

    बैशाख २४ मा सार्वजनिक बिदा र उत्सवबारे प्रदेश सरकारका प्रवक्ता श्रेष्ठको यस्तो खुलासा

    बागमती प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले प्रदेश सरकारले...