News Portal

  • नमूना जनगणना यसै वर्ष : बेरोजगारलाई रोजगारको अवसर,शिक्षकको सट्टा करारमा कर्मचारी राखिने

    काठमाडौं, ४ कात्तिक
    १५५४ पटक
    काठमाडौं, ४ कात्तिक

    प्रत्येक दश वर्षमा गरिंदै आएको राष्ट्रिय जनगणना आगामी २०७८ मा हुनेछ । यसका लागि यो वर्ष सातै प्रदेशमा माघ १ देखि चैत ३० गतेसम्म नमूना जनगणना गरिने भएको छ ।

    यो नमूना जनगणनामा गणक, सुपरीवेक्षक लगायतमा बेरोजगार युवालाई भर्ना गर्ने निर्णय गरिएको छ । प्रत्येक प्रदेशबाट दुई जिल्लाका दरले १४ जिल्लाका ५५ वडामा नमूना गणना सञ्चालन गरिनेछ ।

    केन्द्रीय तथ्यांक विभागले आइतबार पत्रकार सम्मेलन गरी सो को जानकारी गराएको हो । सबैको सुझावअनुसार जनगणनामा बेरोजगार युवालाई भर्ना गर्ने निर्णय गरिएको विभागले बताएको छ । यसबाट पठनपाठन पनि प्रभावित नहुने र बेरोजगारले रोजगारी पनि पाउने विभागको भनाइ छ ।

    यस अघि जनगणनामा शिक्षकहरुलाई खटाउदै आइएको थियो । त्यसवापत शिक्षकले अतिरिक्त पारिश्रमिक पाउने व्यवस्था थियो । विभागका जनसंख्या निर्देशक डुण्डीराज लामिछानेले गणक, सुपरीवेक्षकमा यस पटक बेरोजगार युवालाई भर्ना गरिने जानकारी गराए । जनगणनाका कार्यका लागि आव २०७६/७७ को बजेटमा रु ३६ करोड २७ लाख विनियोजन गरिएको छ ।

    नमूना जनगणना र ०७८ मा हुने राष्ट्रिय जनगणनामा गरी ४३ हजार २७७ गणक र ९ हजारभन्दा बढी सुपरभाइजर नयाँ भर्ना गरिनेछ ।

    तथ्यांक विभागले राष्ट्रिय जनगणना २०७८ को लोगो र नारा पनि सार्वजनिक गरेको छ । विभागले जनगणनाका लागि ‘मेरो गणना, मेरो सहभागिता’ सहितको मूल नारा र लोगो पनि सार्वजनिक गरेको हाे ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...