News Portal

  • ‘आई एम फिट’ भन्दै अस्पतालबाट बाहिरिए प्रधानमन्त्री ओली

    भक्तपुर, १४ कात्तिक
    ९२९ पटक
    भक्तपुर, १४ कात्तिक

    प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य लाभ पछि अस्पतालबाट डिस्चार्ज भएका छन् । बिहीवार बेलुकी ८ बजे उनलाई ग्राण्डी अस्पतालले डिस्चार्ज गरिदिएको हो ।

    प्रधानमन्त्रीको सचिवालयका अनुसार उनी डिस्चार्ज भएपछि बालुवाटारस्थित निवासमा आराम गरिरहेका छन् ।

    अस अघि ग्राण्डी अस्पतालका मेडिकल डाइरेक्टर चक्रराज पाण्डेले बिहीबार पत्रकार सम्मेलन गरी प्रधानमन्त्रीको उपचारको क्रममा हेमोडायलासिस गरिएको र स्वास्थ्य अवस्था सामान्य रहेकाले डिस्चार्ज गर्ने निर्णय गरिएको जानकारी दिएका थिए ।

    उनलाई भेट्न पार्टी अध्यक्ष प्रचण्ड, प्रवक्ता नारायणकाजी श्रेष्ठ, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल लगायतका नेताहरु अस्पताल पुगेका थिए । स्वास्थ्यमा समस्या देखा परेपछि उनी बुधबार बिहान ग्राण्डी अस्पताल भर्ना भएका थिए ।

    बिहीवार डिस्चार्ज भएका प्रधानमन्त्रीले अस्पतालमा आफ्नो उपचारमा लागेका डाक्टर र नर्सहरुलाई धन्यबाद दिएका थिए । उनी ‘आई एम फिट’ भन्दै अस्पतालबाट बालुवाटारतर्फ बाहिरिएका बताइएकाे छ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...