News Portal

  • महरामाथि आज थुनछेक बहस : थुनामा जाने कि रिहा हुने !

    भक्तपुर, १५ कात्तिक
    ८३९ पटक
    भक्तपुर, १५ कात्तिक

    संसद सचिवालकी एक कर्मचारीलाई जवर्जस्ती करणी प्रयास गरेको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराको मुद्दामाथि शुक्रवार थुनछेक बहस हुँदैछ ।

    जिल्ला अदालत काठमाडौँमा बिहीवार मुद्दा दर्ता भएसंगै शुक्रवार थुनछेक बहस हुने भएको हो ।

    असोज १९ गते पक्राउ परेका महरामाथि अनुसन्धान गरेको प्रहरीले यसअघि अनुसन्धानका लागि म्याद थप गराउँदै आएकाेमा बिहीबार अनुसन्धानको पूरा प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको थियाे । प्रहरीको प्रतिवेदन पाएपछि सरकारी वकिलको कार्यालयले बिहीबार नै महराविरुद्ध जवर्जस्ती करणी प्रयासमा कडा सजायको माग गर्दैअदालतसमक्ष मुद्दा दर्ता गराएपछि शुक्रवार थुनछेक बहस हुन लागेको हो ।

    शुक्रवार बबरमहलस्थित जिल्ला अदालत काठमाडाैंमा उपस्थित गराई महराको बयान लिएपछि न्यायाधिसले बादी र प्रतिवादीका तर्फबाट कानुन व्यवसायीले गर्ने बहस सुन्ने छन् ।

    बयान र बहसपछि महराको विषयमा अदालतले गर्ने फैसला सबैको लागि उत्सुकताको बिषय बनेको छ । कानुनविद्हरुका अनुसार महरा पुर्पक्षका लागि थुनामा जान सक्ने, धरौटीमा रिहा हुन सक्ने र साधारण तारेखमा छुट्न सक्ने तीनै बटा बिकल्प खुला रहेको छ । न्यायाधिसले तथ्य, प्रमाण र कानुनका आधारमा तीन मध्ये एक फैसला गर्नेछन् । मुद्दाको अन्तिम फैसला हुन भने समय लाग्नेछ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...